बिर्तामोड । 

झापाको बिर्तामोड–५ मा सञ्चालनमा रहेको द रिजेन्सी हस्पिटालिटी कलेज अफ होटल म्यानेजमेन्टले डीप्लोमा इन होटल म्यानेजमेन्ट (डीएचएम) को कक्षा सञ्चालनमा ल्याएको छ ।

हस्पिटालिटीको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालित कलेजले एक वर्षे डीएचएम कक्षा सञ्चालनमा ल्याएको हो । कलेजले सञ्चालनमा ल्याएको डीएचएम कक्षाको आज (बुधवार) एक  कार्यक्रमका बीच प्रमुख अतिथि तथा बिर्तामोड नगरपालिका–५ का वडा सदस्य दुर्गाप्रसाद शिवाकोटीले उद्घाटन गरेका हुन् । 

कार्यक्रममा हस्पिटालिटीका निरज श्रेष्ठले हस्पिटालिटी क्षेत्रमा दक्ष कामदारको माग बढ्दै गएको बताए । उनले यसको माध्यमबाट छोटो समयमा सीप र दक्षता हासिल गरेर राम्रो काम र दाम पाउन सकिने बताएका छन् । 

rijency

कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै स्वागत कलेजका संस्थापक तथा कार्यक्रम निर्देशक रोहित ओझाले गरेका थिए । उनले कलेजबाट स्तरीय शिक्षा दिने प्रतिबद्धता जनाएका छन् । होटल म्यानेजमेन्टको क्षेत्रमा २३ वर्षदेखि कार्यरत उनले  गुणस्तरीय शिक्षा दिने  बताउँदै कुनै कमि कमजोरी भए जानकारी दिन आग्रह गरेका छन् । 

बिर्तामोड–५ का वडा सदस्य मालती बिक लगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन होटल व्यवसायी संघ झापाका महासचिव शिव पौडेललेगरेका थिए ।

करिब दुई करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको कलेजमा ३ महिनादेखि एक वर्षसम्मका होटल म्यानेजमेन्ट सम्बन्धी विभिन्न कोर्षको अध्यापन गराइने कलेजका प्रबन्ध निर्देशक रोहन ओझाले जानकारी दिए ।

कलेजमा पुनम श्रेष्ठ, मनोज साह, राजेश सुवेदी, निशा अधिकारी, लेखनाथ कोइराला, दिनेश मास्के लगायतले प्रशिक्षण दिइरहेका छन् । कलेजमा कुक, बारिष्टा, बेकरी, बेटर, सुसी, कुलिनरी आर्ट लगायतको तालिम दिने गरिएको छ ।

कलेजमा अध्ययन गरेका विद्यार्थी हाल युरोप, अष्ट्रेलिया, कतार लगायत मुलुकका तारे होटलहरुमा रोजगारी गरिरहेको कलेजले जनाएको छ ।