चन्द्रगढी ।
झापाको भद्रपुर नगरपालिकामा जनकल्याण प्रतिष्ठानले १० वटा बाल सस्कार केन्द्र स्थापना गरेको छ । बालबालिकाहरुमा सस्कार र सस्कृतिको ज्ञान प्रदान गर्ने उद्देश्यले प्रतिस्ठानले एकल विद्यालय अभियान अन्तर्गत बाल सस्कार केन्द्रको स्थापना गरेको हो ।

भद्रपुर नगरपालिका वडा नं.–२ स्थित राधाकृष्ण मन्दिरको सभाहलमा शनिबार राधाकृष्ण बाल सस्कार केन्द्रको स्थापनासँगै १० वटा बाल सस्कार केन्द्र सन्चालन भएका छन् ।
राधाकृष्ण मन्दिर समितिका पूर्व अध्यक्ष डम्मर खनालको अध्यक्षता र वडा नं.२ का वडाध्यक्ष राम कडेलको प्रमुख आतिथ्यमा सम्पन्न बाल सस्कार केन्द्र उदघाटन कार्यक्रममा प्रमुख अतिथि कडेल, प्रतिष्ठानका प्रदेश सदस्य इस्वर पोखरेल, खिनमाया फुयल, हेम खनाल, आशा पोखरेललगायतले बालबालिकाहरुमा सस्कार र सस्कृतिको महत्व बारे चर्चा गरेका थिए ।
मन्दिर समिति सचिव राम घिमिरेले स्वागत गरेको कार्यक्रमको सन्चालन राजेन्द्र ओलीले गरेका थिए ।
जनकल्याण प्रतिष्ठानको एकल विद्यालय अभियान अन्तर्गत भद्रपुर ९ को केदारेश्वर बाल सस्कार केन्द्रलाई भद्रपुर नगरपालिकाका उपमेयर राधा कार्कीले शनिबार नै चार थान सिलिङ फेन र शैक्षिक सामाग्री प्रदान गरेकी छिन् ।
केदारेश्वर मन्दिर समिति अध्यक्ष भगिरथ नेपालको अध्यक्षता र बिरेन्द्र मल्लको सन्चालनमा सम्पन्न कार्यक्रममा उपमेयर कार्कीले उक्त सामाग्री प्रदान गरेका थिए । केदारेश्वरबाल सस्कार केन्द्रमा ६४ जना विद्यार्थी अध्ययनरत छन्।