बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिका–५ मा रहेको न्यूटन्स एजुकेशन एकाडेमीले कक्षा–११ का बिद्यार्थीलाई स्वागत गरेको छ । बिद्यालयले आज (शनिवार) बिर्तामोडमा अभिभावक, शिक्षकसहित अभिमूखिकरण गर्दै स्वागत गरेको हो ।

झापाकै उत्कृष्ट मध्ये एक बिद्यालय न्यूटन्सले यस शैक्षिक सत्रमा कक्षा–११ का लागि एकसय वढी बिद्यार्थी भर्नासँगै आज अभिमूखिकरण कार्यक्रम गरेको छ ।
बिद्यालयको अभिभावक संघ इकाई अध्यक्ष नरेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–२ का वडाध्यक्ष किशोरकुमार पौडेलको प्रमुख आतिथ्य रहेको थियो । स्वागत तथा औचित्यमाथि प्रकाश पार्दै प्लस टुका को–अडिनेटर केवल सापकोटाले बिद्यालयको अनुसाशनका बिषयमा बिद्यार्थी र अभिभावकलाई जानकारी गराएका थिए ।
कार्यक्रममा सम्बोधन गर्दै न्यूटन्स बिद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईले बिद्यालयका संस्थापक स्व. हरि प्रसाईको उदेश्य अनुसार नै सञ्चालन भइरहेका बताए । उनले बिद्यार्थीहरुलाई एसईई उतिर्णपछि प्लस टु २ बर्ष र ४ बर्ष गरी ६ बर्ष एकदमै महोत्वपूर्ण भएकाले आफ्नो भविश्य कस्तो बनाउने यहि समयमा रोच्नु पर्ने बताए ।
कार्यक्रममा प्रमुख अतिथि पौडेल, नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वास्तिका आचाय, त्रिवेणी क्याम्पसका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरि घिमिरेलगायतले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन शिक्षिका पवित्रा पौडेलले गरेकी थिइन् । बिद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए । कार्यक्रममा बिद्यालयका शिक्षक, अभिभावक, बिभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको बाक्लो उपस्थिति रहेको थियो ।