मोरङ । 

मोरङको ग्रामथान गाउँपालिका–४ स्थित लोन्ध्रा खोलामा डुवेर एक युवकको मृत्यु भएको छ ।  स्थानिय ३० बर्षीय बसन्त माझी लोन्ध्रा खोलामा पसी बालुवा निकाल्ने क्रममा पानीमा डुबेर मृत अवस्थामा फेला परेका थिए ।

घटना स्थलमा तत्काल इलाका प्रहरी बेलाबारीबाट प्रहरी अधिकृतसहितको टोलीले मृतको शवलाई पोष्टमार्टमको लागि कोशी अस्पताल बिराटनगर पठाएको छ भने घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।