झापा ।
झापाको भद्रपुर नगरपालिका–७ स्थित डाँफेचोकबाट तीन जना लागूऔषधसहित पक्राउ परेका छन् । आज (मंगलबार) बिहान ८ बजेको समयमा एक जना महिलासहित तीन जनालाई प्रहरीले लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा नुवाकोटको तादी गउँपालिका–६ का अन्दाजी ३० बर्षिय मनकुमार दर्जी, उनकी श्रीमति अन्दाजी २६ बर्षिया शशी खत्री र भद्रपुर–७ डाँफेचोकका अन्दाजी ३० बर्षिय सुनिल चापागाई रहेका छन् ।
वल प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा सो स्थानस्थित बाटोमा हिडिरहेको पैदल यात्रीहरु शंका लागेर नियन्त्रणमा लिएको थियो ।
उनीहरुमाथि शंका लागेर चेकजाँच गर्दा निजहरुले बोकेको कालो झोला भित्र प्लाष्टिकको पोका पारी लुकाई छिपाई ल्याउदै गरेको लागुऔषध अर्थात ब्राउन सुगर ३७ ग्राम ४९० मिलि ग्राम बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा ल्याइएको प्रहरीले जनाएको छ ।


















