झापा । 

झापा मेचीनगर नगरपालिका वडा नं. –७ स्थित टोकला चिया बगानको गेट अगाडी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

पश्चिमबाट पूर्वतर्फ आउदै गरेको मेचीनगर नगरपालिकाको मे १ झ १७२ नम्बरको गाडीले बुधवार साँझ बिपरित दिसाबाट जादै गरेको मे ९ प ७९२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो । 

दुर्घटनामा मोटरसाइकल चालक झापा मेचीनगर–७ बस्ने अन्दाजी वर्ष ३५ का सन्तोष राजबंशी घाईते भई तत्काल सोही गाडीमा प्रहरी कर्मचारीसहित उपचारको लागि बीएन्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । 

घाईते राजवंशीको अस्पतालमा साँझ ७ः३० बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल, गाडी र गाडी चालक मेचीनगर– ७ आयाबारी बस्ने वर्ष ४८ को राजकुमार प्रधान इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।