बिर्तामोड । 

होटल म्यानेजमेन्ट अध्ययानका लागि सुविधा सम्पन्न झापाको बिर्तामोड रहेको आदर्श स्कुल अफ म्यानेजमेन्टले नयाँ शैक्षिकसत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई अभिमूखिकरण गराएको छ । स्कुलले तीन दिने ओरियन्टेशनको दोस्रो चरणको  पुरा गरेको छ ।

एसइइ पास भएर नयाँ भर्नामा आएका विद्यार्थीलाई लक्षित गरी अभिमूखिकरण कार्यक्रम गरिएको हो । पहिलो चरणमा ५० जना भन्दा बढी विद्यार्थीलाई ओरियन्टेशनमा पहिलो दिन साथीसँग घुलमिल हुने, समुह कार्य, ब्यक्तिगत सौर्न्दय हेरचाह तथा बिद्यालय बारेको विभिन्न जानकारी गराइएको थियो । 

सार्थै उनीहरुलाई पहिलो दिन मनोरञ्जन, नाटक प्रदर्शन  गरिएको, दोस्रो दिन पाँच तारे होटल किङ्सबेरीका खाना तथा प्रशासनलगायत किचन, रेस्टुरेन्टको अनुगमन गराइएको थियो । 

त्यस्तै ओरियन्टेशनको तेस्रो दिन प्रकृति बारे बुझ्न इलामको स्वामी पार्क, गुगल पोइन्ट लगायतका पर्यटकीय तथा रमणीय स्थानको भम्रण गराइएको आदर्शले जनाएको छ । 

५०–५० जना गरि दुइ पटकको अभिमुखिकरणमा आदर्श कलेजका विद्यार्थी भर्ना प्रमुख तथा विभिन्न तालिम सहजकर्ता दीपक दास, कलेजका विभिन्न बिभाग प्रमुखहरु डेजिका कार्की, प्रवेश खनाल, अंकिता पराजुलीले नयाँ विद्यार्थीलाई अभिमुखिकरण गराएको कलेजका तालिम बिभाग प्रमुख दासले जानकारी दिए ।