उर्लाबारी । 

झापाको बिर्तामोड–२ मा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको मंगलवारे सेवा केन्द्रले मन्दिरलाई पोडियम वितरणसँगै वितिय विवरण सार्वजनिक कार्यक्रम सम्पन्न  गरेको छ । 

संस्थाको सेवा केन्द्रले आज (मंगलबार)  उर्लावारी नगरपालिका– ३ थापा चौकमा रहेको दुर्गा मन्दीरको सभाहलका लागि एउटा पोडीयम वितरण साथै सेवा केन्द्रको वितिय विवरण सार्वजनिक कार्यक्रम सम्पन्न गरेको हो । 

स्थानीय वुद्धिजिवी, जनप्रतिनिधी, सरोकारवाला निकाय, संस्थाका सेयर सदस्य, दुर्गा मन्दीर व्यवस्थापन समीति सदस्य, सेवा केन्द्र सञ्चालन सहयोग उप समिति, कर्मचारीको उपस्थीतीिमा उक्त कार्यक्रम सम्पन्न भएको सेवा केन्द्र प्रमुख त्रिलोचन तिम्सिनाले जानकारी दिए । 

उर्लावारी नगरपालिका–३ का वडाध्यक्ष भिष्मराज वुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा मोरङ जिल्ला समन्वयन समिति सदस्य मित्रप्रसाद ढकाल, उर्लावारी–३ वडा सदस्य कृष्ण थापा, दुर्गा मन्दीर व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र आचार्य, कोषाध्यक्ष योगराज खतीवडा, सदस्य लोकनाथ गडतौला, सदस्य उमेश चौधरी, सहारा नेपाल साकोस  मंगलवारे  सेवा कन्द्र प्रमुख त्रिलोचन तिम्सिना, मंगलवारे सेवा केन्द्र संयोजक रामप्रसाद भण्डारी, दमक सेवा केन्द्र संयोजक के पी भट्टराई, दमक सेवाकेन्द्र प्रमुख तोयानाथ सुवेदी, मंगलवारे सेवा केन्द्र सहयोग समीति सदस्य शालीग्राम ढकाल, हिरालाल गिरी, इन्द्रकुमार शेर्पा, सहारा नेपाल साकोस कृषी युनीटका कृषी प्रावधिकि संजितकुमार यादव, सेवा केन्द्रका कर्मचारीद्धय शेरवहादुर कटुवाल र प्रकाश श्रेष्ठ तथा सेयर सदस्यको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन सेवा केन्द्र प्रमुख त्रिलोचन तिम्सिनाले गरेका थिए । 

कार्यक्रममा सहारा नेपाल साकोस मंगलवारे सेवा केन्द्रको हालसम्मको वितिय अवस्था र सहारा नेपाल साकोसका सम्रग गतीविधी र सेवा सुवीधाका वारेमा सेवा केन्द्र प्रमुख त्रिलोचन तिम्सिनाले प्रष्ट पारेका थिए ।  कार्यक्रममा दुर्गा मन्दीरको सभा हलका लागि संस्थाको सामाजीक उत्तरदायीत्व कार्यक्रम अन्र्तगत १ थान पोडीयम हस्तान्तरण गरेको वताउदै  मंगलवारे सेवा केन्द्र यस उर्लावारी–३ मंगलवारेमा २०६४ फाल्गुन १ गतेवाट सेवा केन्द्र स्थापना गरी हाल मिक्लाजुङ गाउँपालिकाको–३ र ४, उर्लावारी–१ देखी ४ नं. सम्मको कार्यक्षेत्रमा जम्मा एक हजार ६११ जना सेयर सदस्य मार्फत कारोवार भइरहेको जानकारी गराइएको थियो । 

सेवा केन्द्रले १० करोड १७ लाख ५८ हजार ८६८ रुपैयाँ ऋण लगानी र ८ करोड ९९ लाख ७ हजार ९४५ रुपैयाँ वचत संकलन गरी रेमीटान्स, जीवन वरदान कार्यक्रम जीवन विमा, पशु विमा नवीकरणीय उर्जा, वितिय साक्षरता, मोवाइल वैकीङ मार्फत वितिय कारोवार गरीरहेको जानकारी गराइएको थियो । 

यसैगरी आगामी दिनमा पनि संस्था र स्थानीय तह, सामाजिक संघ सस्था वुद्धिजिवीि, जनप्रतिनिधी, सेयर सदस्य विच संस्थाको कार्यक्रम वारे स्पष्ट होस र सम्वन्ध अझ वढी सुमधुर भई  संस्था  हालसम्म १ लाख ९३ हजार भन्दा वढी सदस्य भएको मुलुककै ठुलो सहकारी संस्थाको रुपमा कायम राखी पारदर्शी रुपमा संस्थालाई अगाडी वढाउन सकीयोस भन्ने उध्येश्य राखेर यो कार्यक्रम आयोजना गरिएको उनले बताए ।

कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष भिष्मराज वुढाथोकीले संस्थाद्धारा दुर्गा मन्दीर सभा हलका लागि अति आवश्यक एउटा पोडीयम दिएकोप्रति धन्यवाद दिए । सेवा केन्द्रले आफनो वितिय विवरण र गतीविधी अनौपचारीक रुपमा सार्वजनीक गरी जानकारी गराएको  भन्दै खुशी व्यक्त गरे । उनले संस्थाको थप प्रगती उन्नती  र नगरपालीका तथा संस्थाको सम्वन्ध अझ वढी नजीक होस भन्दै शुभकामना व्यक्त गरेका थिए । 

 जिल्ला समन्वयन समिति सदस्य मित्रप्रसाद ढकाले सहारा साकोसका सामाजीक गतीविधी र पारर्दशी वितिय कारोवार मार्फत ३० औ वर्षदेखी सन्चालनमा रहेको सफल सहकारीको रुपमा पाएकोमा संस्थालाई थप प्रगती उन्नतीको शुभकामना व्यक्त गरेका छन् । साथै मन्दीर व्यवस्थापन समीति परिवारलाई साकोसकातर्फ दमक सेवा केन्द्र संयोजक केपी भट्टराई, मंगलवारे सेवा केन्द्र संयोजक रामप्रसाद भण्डारी तथा प्रमुख अतिथि वडाध्यक्ष भिष्मराज वुढाथोकीवाट संयुक्त रुपमा उक्त पोडीयम वितरण गरिएको थियो । मन्दीर व्यवस्थापन समिति परीवारका तर्फवाट कोषाध्यक्ष योगराज खतिवडा समाजिक कार्य गरेको भन्दै प्रशंसा  गरेका थिए ।