बिर्तामोड । 

 युवा नागरिक समाज झापाले बिर्तामोड नगर कमिटी गठन गरेको छ ।  पुष्पराज प्रसाईको अध्यक्षतामा  गठित  २१ सदस्यीय नगर कमिटीको वरिष्ठ उपाध्यक्षमा  सरोज खड्का (मिलन), उपाध्यक्ष अमित प्रसाई , सचिव  रोजन भेट्वाल , सहसचिव शान्ता उप्रेती र कोषाध्यक्षमा  डम्बर बस्नेत रहेका छन् । त्यस्तै सदस्यहरुमा जानुका बानिया, सन्दीप भेटवाल, कमल शिवाकोटी, तारा भट्टराई, खगेन्द्र प्रसाई, काजीराम कार्की, कमल भट्टराई, रवि श्रेष्ठ र गुरुप्रसाद ओली रहेका छन् । 

झापाको बिर्तामोडमा शनिवार आयोजित नगर कमिटी  घोषणा कार्यक्रमलाई  युवा नागरिक समाजका सल्लाहकार, समाजसेवी तथा कन्काई फाउण्डेशनका अध्यक्ष जयनारायण ढुंगानाले उद्घाटन गरेका थिए ।

कार्यक्रममा स्वागत तथा समाजको औचित्यमाथि प्रकाश उपाध्यक्ष देवी संग्रौलाले पारेका थिए । कार्यक्रममा युवा नागरिक समाज झापाका सदस्य हरि चुडाल, सहसचिव पुष्प  पाठकले आ–आफ्नो भनाई राखेका थिए । जिल्ला अध्यक्ष केशवकुमार भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा डा. सुशिल कँडेल, जानुका थापा मगर, राजु सिलवाल, प्रकाश सिटौला, इश्वरा कँडेल, सन्देश ओली, मिरादेवी सिटौला, गोपाल मैनालीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सचिव निराजन ओलीले गरेका थिए ।