झापा । 

झापामा राष्ट्रिय प्रजातन्त्र पार्टीमा अन्य पार्टी परित्याग गरी प्रवेश गर्नेको जन लहर बढेको छ । दैनिक तीन चार ठाउँमा पार्टीमा नव  प्रवेश गराउने काम नव निर्वाचित अध्यक्ष राजेन्द्र लिंगदेनले गरिरहेका छन् । 

केपी ओलीले भने जस्तै गरी राप्रपा अध्यक्ष लिङ्देन भर्खरै जन्मिएको बाछो दुईदिन झापामा उफ्रिदा उल्लेखनिय संख्यामा झापालीहरु राप्रपामा प्रवेश गरेका छन् ।  शनिवारदेखि झापाका बिभिन्न पालिकाका पार्टी कमिटीद्वारा आयोजित कार्यक्रमहरुमा उलेख्य संख्यामा स्थानीयहरु राप्रपा प्रवेश गरेका छन् ।

शनिवार बिर्तामोडमा भएको शुभकामना कार्यक्रममा ३ सय ६३ जना र सोही दिन साँझ बाह्दशीमा भएको कार्यक्रममा ८७ जनाले पार्टी प्रवेश गरेको झापा अध्यक्ष केशवप्रसाद ओझाले जानकारी दिए । त्यस्तैगरी आइतवार झापा क्षेत्र नं. ५ को गौरीगञ्ज, गौरादह, कमल र दमक नगरपालिकामा भएको छुट्टा छुट्टै कार्यक्रमा ५ सय भन्दा बढिले पार्टी प्रवेश गरेको अध्यक्ष ओझाले बताए ।   

सोमबार  भद्रपुर नगरपालिकाबाट बिकेन्द्र मेन्याङ्बो लगायत विभिन्न दलबाट ५ सय २३ जना, कचनकवल गाउँपालिकाबाट ३६ जना र बाह्दशी ३ राधानगर र कुटु बस्तिबाट १ सय ३७ जना समेत गरेर करिब ७०० जनासहित करिव १३०० जनाले  नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी परित्याग गरेर राप्रपा प्रवेश गरेको झापा राप्रपाले जनाएको छ ।  शनिवार, आइतवार र सोमबार गरेर करिब २ हजार जनाले पार्टी प्रवेश गरेको अध्यक्ष ओझाले जानकारी दिएका छन् । 

नव निर्वाचित अध्यक्ष लिङ्देनले भनेझैं यहीँ क्रम निरन्तर हुने हो भने ६ महिना भित्रमा राप्रपाले काचुली फेर्नेमा दुई मत छैन अध्यक्ष लिङ्देनले बोलोको कुरा ब्यवहारिक रूपमा प्रमाणित गरेर देखाउन लागि परेका छन् । उनले भनेका थिए ‘म पनि काम गर्छु तपाईंहरूले पनि काम गर्नुपर्छ, काम नगरीकन बस्ने छुट कसैलाई छैन’।आज (मंगलबार) बिहान ईलाम लारूम्बामा किरात धर्मगुरुको आशिरर्वाद लिने कार्यक्रमपछि झापा हुँदै लिङ्देन काठमाडौं जाने कार्यक्रम रहेको जनाइएको छ।