बिर्तामोड ।

सि.के. चिन्तन प्रतिष्ठान झापाले टिकाप्रसाद प्रसाईलाई अध्यक्षमा पुनः सर्वसम्मत चयन गरेको छ । प्रतिष्ठानको साधारणसभाले प्रसाईको नेतृत्वमा नयाँ समिति गठन गरेको हो । गठित समितिको उपाध्यक्षमा सजेश शिवाकोटी, महासचिवमा इन्दु पूर्वेली, सचिवमा खगेन्द्र प्रसाई र कोषाध्यक्षमा कञ्चना ढकाल सिटौलालाई चयन गरेको हो ।

समितिका सदस्यहरुमा खगेन्द्रविक्रम नेम्बाङ, कोशी राई, लीलादेवी मैनाली, भीमप्रसाद राजवंशी, बडाराम हेमरम, नेत्रप्रसाद विमली, विष्णुप्रसाद खरेल र पार्वतादेवी खरेल चयन भएकी छन् । 

यसअघि साधारणसभा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सुधिरकुमार शिवाकोटीले स्वर्गीय सि।के। प्रसाईको सरल राजनीति पुस्तक अध्ययन गर्दा उहाँको समाजवादप्रतिको निष्ठा, विचार र ब्यक्तित्व बुझ्न सहज हुने बताए । सिके प्रसाईले नेपाली कांग्रेसका संस्थापक अध्यक्ष एवं प्रजातान्त्रिक समाजवादी दर्शनका प्रणेता वीपी कोइरालासँग अत्यन्तै निकट रहेर राजनीति गरेको चर्चा गर्दै दुवैको जीवन राजनीतिमा प्रेरणादायक रहेको बताए ।

नेपाली कांग्रेस महासमिति सदस्य सिता पौडेलले विपीलाई जेलमा लगेर तत्कालीन शासकहरुले आमालाई बोलाई सम्झौता गर्न प्रस्ताव गर्दा देश र जनताका लागि आफ्नो छोरो मरे पनि स्वीकार गर्न तयार रहेको बताएर नारीशक्तिको प्रदर्शन गरेको चर्चा गरे ।

कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले विश्व पूजीबाद र साम्यवादको दुई ध्रुवमा विभाजित भएका बेला विपी कोइरालाले प्रजातान्त्रिक समाजवादी विचार प्रवाह गरेर विश्वको ध्यान आकर्सित गर्न सफल भएको बताउँदै समाजवादी दर्शनको अनुयायी बन्न सबैमा आह्वान गरे ।  कार्यक्रममा नेपाली कांग्रेस झापाका कोषाध्यक्ष जलकुमार गुरुङ, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली लगायतले मन्तब्य राखेका थिए । 

४३ औं विपी स्मृति दिवसको सन्दर्भमा आयोजित साधारणसभा प्रतिष्ठानका अध्यक्ष टिकाप्रसाद प्रसाईको सभापतित्वमा सम्पन्न भएको थियो ।  प्रतिष्ठानका उपाध्यक्ष कुमार भटराइले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव इन्दु पूर्वेलीले गरेकी थिइन् ।