बिर्तामोड । 

बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सवमा राखिएका स्टल मध्ये भद्रपुर – ८ का निर्मल शाक्यको हस्तकलाको स्टलले धेरैको मन खिचेको छ । नखिचोस् पनि किन – खेर जाने बाँसका जराबाट शाक्यले कलात्मक बुट्टा भर्दै चराचुरुङ्गीदेखि विभिन्न देवी देवताको दुरुस्तै आकृति उतारेका छन् । बाँसका जराबाट निर्मित सामग्रीमा दतार हात्तिको दाह्रादेखि बाज र डल्फिनसम्म दुरुस्तै छन् । महोत्सवमा राखिएका बाँसको जराको कलाकृति देख्ने जो कोहीको पहिलो वाक्य सुनिन्छ आहा ! कति राम्रो । 

महोत्सव अबलोकनका लागि आउनु भएकी पवित्रा लिम्बूले आफूले पहिलो पटक बाँसको जराबाट तयार पारिएको यस्तो सामग्री देखेको बताए । उनले भने ‘हामी त बाँसका जरा बाल्थ्यौं तर यस्ता राम्रा सामग्री बन्दा रहेछ ।’  बाँसका जराबाट बनाइएका सामग्री हेर्दै लिम्बूले प्रफुल्लित हुँदै भने ‘जान्नेलाई श्रीखण्ड त्यसै भनेको होइन रहेछ । खेर जाने जराको काम कति धेरै हुँदो रहेछ आज प्रत्यक्ष देखियो ।’

त्यसो त लिम्बू मात्र होइन महोत्सवमा सहभागी भएका मध्ये धेरैले  बाँसका जराबाट बनाइएका सामग्रीको प्रशंसा मात्रै गरेनन् उनीहरुले महोत्सवको चिनो स्वरुप इच्छाएका सामग्री खरिद नै गरे । 

शाक्यले बाँसको जराबाट मात्र होइन काठको प्रयोग गर्दै विभिन्न बस्तुको आकृति दुरुस्तै उतारेर महोत्सव स्थलमा राखेका छन् । राखिएका बस्तु मध्ये हात्ती धेरैको रोजाइमा छ । हात्ती धेरैको रोजाइमा परेपनि स– साना बस्तुले पनि महोत्सव अबलोकनका लागि आउनेहरुको मन खिचेको छ । कतिपयले कछुवा, डल्फिन, माछा जस्ता हस्तकालाका सामग्री लिएर जाने गरेका छन् भने कतिपयले  बाज, गणेश, बाँदर जस्ता हस्तकलाका सामग्री लाने गरेका छन् । बाँसको जरा सहित निम, टिक, गमारी, खमारीको काठ प्रयोग गर्दै शाक्यले बनाएका हस्तकलाका सामग्रीले धेरैको मन लोभ्याएको कनकाई नगरपालिका ८ निवासी शिशिर भट्टराईले बताए । उनले भने ‘बाँसको जराबाट बनाएका सामग्री जति हे¥यो उति राम्रा देखिन्छन् ।’ 

शाक्यले स्टलमा राखेका हस्तकलाका सामग्रीको न्यूनतम मूल्य एक हजार चार यस देखि ६५ हजार रुपैयाँसम्मका छन् । एक हजार ४ सय रुपैयाँमा कछुवा खरिद गर्न सकिन्छ भने ६५ हजार रुपैयाँमा हात्ती नै खरिद गर्न सकिने शाक्यले बताए । 

त्यसो त शाक्यले बाँसको चोया प्रयोग गर्दै घडी समेत तयार गर्नु हुन्छ  भने गहुँको नल र सुपारीको पातबाट समेत घडी बनाउने गरेको उनले बताए । तर, घडी खासै बिक्री नभएपछि आफू बाँसको जरामा भविश्य खोज्न लागेको शाक्यले बताए । 

विगत १८ वर्षदेखि हस्तकला क्षेत्रमा लागेका शाक्य बैदेशिक रोजगारीका लागि दुवई समेत पुगे । तर, बिदेमा उनी रमाउनसकेनन् । आफ्नै देशको माया र हस्तकालाले उहाँलाई स्वदेश फर्कायो । विदेशबाट फर्किएपछि  हस्तकलालाई व्यवसायिकता दिन थालेका शाक्य त्यसपछि उनी विदेश  कामका लागि होइन त्यहाँ आयोजना गरिने अन्तराष्ट्रिय टे«डफियरमा नेपालको प्रतिनिधित्व गर्दै जाने पत्रका रुपमा आफूलाई स्थापित गरे । 

त्यसपछि उनले विदेशमा आयोजना गरिने अन्तराष्ट्रिय कल प्रर्दशनीमा नेपालको प्रतिनिधित्व गर्दै आफूले बनाएको कलाकृति  विश्वसामु पु¥याउँदै नेपाललाई चिनाउने काम गर्दै आएका छन् । पछिल्लो समय आफूलाई जापानले हस्तकला प्रर्दशनीमा बोलाएको उनको भनाई छ ।   हस्तकला प्रर्दशनीकै लागि उनी चीन, दुवई , भारको देशरादुन, वंगलादेश, अफ्रिका जस्ता देशमा पुगेका छन् भने फ्रान्स, लण्डन, हंकङ्ग, जापानले समेत आमन्त्रण गरिरहेको शाक्यले बताए । 

 उच्च शिक्षा हासिल गरेर रोजगारीका लागि भौतारिने र पैसा कमाउन वैदेशिक रोजगारीमा जानै पर्छ भन्ने मान्यता बोकेका युवालाई यही गरे मनग्य आम्दानी गर्न सकिने सन्देश प्रवाह गर्नु हुने शाक्यले युवालाई स्वदेशमा नै सिप सिकेर आफूले उत्पादन गरेका सामग्री विदेश निर्यात गर्न आग्रह गरे ।  ‘पैसा जताततै छ तर हामीले त्यसलाई खोज्न जान्दैनौ’ शाक्यले भने ‘म आफैं काम खोज्दै विदेश गएको थिए । तर, पैसा त यही रहेछ । 

पहिलो पटक बकुल्लो बनाएर हस्तकलाको काम सिकेको थिए विगत सम्झदै शाक्यले भने ‘अहिले त युटुव हेरेर जे को पनि दुरुस्तै आकृति उतार्छु त्यसैले मलाई चिनाएको छ र आम्दानीको समेत दर्विलो श्रोत बनेको छ । आर्थिक अभावका बीच हस्तकाला क्षेत्र रोजेका उनले अहिले आफूले उत्पादन गरेका सामग्री अमेरिका, अफ्रिका, स्पेन, जापान, जर्मन, बेलायत लगायतका देशहरु पठाउँदै आएको बताए ।