धुलाबारी । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर १० स्थित धुलाबारीमा सडक अतिक्रमण गरेर बनाइएका घर टहराहरु भत्काउन शुरु गरिएको छ । 

धुलाबारी बजार भित्र रहेका सडक अतिक्रमण गरेर बनाईएका घर टहराहरु मेचीनगर नगरपालिकाको डोजरले भत्काउन शुरु गरेको हो । आज (मंगलबार) बिहान ११ बजेदेखि वडाध्यक्षलगायत जनप्रतिनिधिहरु तथा नगर प्रहरी समेतको उपस्थितिमा घर तथा टहरा भत्काउन शुरु गरिएको छ । 

विश्व बैंकको सहयोगमा धुलाबारीबाट शान्तिनगर जोड्ने सडक फराकिलो रुपमा कालोपत्रे बन्न लागेकाले अतिक्रमित संरचनाहरु हटाउन थालिएको हो । हालसम्म करिब २०० मिटर क्षेत्र क्लिएर गरिएको र कसैले विवाद नगरेको बुझिएको छ ।