झापा ।
उपचारका लागि अस्पताल भर्ना गरिएको मेडिकल ब्यवसायी दुर्गा प्रसाईलाई हिरासतमा फिर्ता ल्याइएको छ । क्यान्सरका बिरामी प्रसाईलाई वीर अस्पतालमा भर्ना गरिएको थियो ।
प्रसाईलाई अदालतको आदेश अनुसार आइतबार साँझ वीर अस्पतालमा भर्ना गरेको थियो । उपचारपछि उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा फिर्ता गरिएको केन्द्रीय साइबर ब्युरोले जनाएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले प्रसाईँलाई उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिएकी थिइन् ।अदालतले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
साइबर ब्युरोले उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको कसुरमा प्रसाई पक्राउ परेका थिए । फाइल तस्वीर