हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिका वडा न १ गोलधापस्थित गोकुल कित्तामा कोशी प्रदेशसभा सदस्य छवि चुडालले अवलोकन भ्रमण गरेका छन् । एकता युवा परिवारका सक्रिय सदस्य बि बि दाहाललगायत अन्य गाउँलेहरुको विशेष पहलमा गोलधापका पूर्व वडाध्यक्ष त्रीलोचन सापकोटासहित कोशी प्रदेश सभा सद्स्य छवि चुडालले आज (बुधवार) बिहान गोलधाप स्थित गोकुल कित्ता अवलोकन भ्रमण गरेका हुन् ।
साकेला चोकदेखि जिरो पोइन्ट जोडीने बाटो मर्मत सम्भारका बिषयलाई विशेष प्राथमिकता बनाएर उक्त भ्रमण कार्यक्रम गरिएको हो। केही दिन अघि शब्दपत्र डटकममा बाटोको बिषयमा न्यूज प्रकाशित भएपछि सो बिषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए।
यसै बिच माननीय छवि चुडालले गोकुल कित्ताका सम्पुर्ण गाउँले सङ्ग चियापान भेटघाट र भलाकुसारी गरेका थिए । भेट्घाट तथा अवलोकन भ्रमणको अवसरमा माननीय छवि चुडालसँग स्थानीय जन समुदायहरूले जनगुनासो चासो र आवश्यकताको बारे खुलेर आफ्ना कुराहरु राखेका थिए ।
साकेला चोकदेखि जिरो पोइन्ट जोडिने उक्त गाउँको बाटो अहिले सम्पूर्ण जनसमुदायको चासोको विषय बनेको छ। विगत २०३२ सालबाट नक्सामा रहेको उक्त बाटो अझैसम्म पनि कुनैपनि सरोकारवालाहरुले ध्यान नदिएपछि अहिलेसम्म जस्ताको तेस्तै अवस्थामा रहेको गुनासो जन समुदायमा बसोबास गर्ने जनता बताउछन् ।
करिब १ घन्टा लामो विविध छलफल गरेपश्चात कोशी प्रदेशसभा सदस्य छवि चुडालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको र चाँडै नै यस बिषयलाई प्रदेश सरकार समक्ष गम्भीरताका साथ पेस गराउने उनले प्रतिबद्धता दिएका छन् ।