झापा । 

झापाको सुरुङ्गामा लैनो गाई मारेर फरार चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी–४ का ४६ बर्षिय बुधन आलम, सोही स्थानकी ३९ बर्षिया उनकै श्रीमती कुरेसा खातुन, भारतको किसनगञ्ज वतन भई हाल कनकाई–३ बस्ने २० बर्षिय दिलवर हुसेन र उनकी श्रीमती सोही स्थानकी १९ बर्षिय महिदा खातुन छन् ।  

गत मंसीर ११ गते रातिको समयमा कनकाई नगरपालिका–३ का लीलाप्रसाद सिलवालको एउटा गाई गोठमा बाँधि राखेको अवस्थामा हराएको थियो । 

बिहान १० बजे गाई धनिले इलाका प्रहरी कार्यालय सुरुङ्गामा जानकारी गराउना साथ तत्कालै प्रहरी टोलीले गाई खोजतलास गरेको थियो । खोजतलासकै क्रममा कनकाई– ३ टप्पु चोकस्थित लीला संग्रौलाको घरमा डेरा गरी बस्ने उनीहरुले गाई चोरी गरि लगेर आफ्नो कोठामा काटि मासु समेत प्रयोग गरी फरार भएका थिए । 

प्रहरीले खोजतलास गर्ने क्रममा उक्त घटनाका प्रतिबादीहरु बुधन आलमलाई बाह्रदशी–४ र कुरेसा खातुन, दिलवर हुसेन र महिदा खातुनलाई भद्रपुर–५ मेचिपुलबाट भारततर्फ भागिरहेको अवस्थामा मंसीर ११ गते पक्राउ गरेको थियो । 

पक्राउ गरिएका उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनी झापालेबुधवार झापा जिल्ला अदालतबाट पशुपंक्षी सम्बन्धी ऐन कसुरमा दिन ५ म्याद थप गरी सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।