झापा । 

झापाको काँकरभिट्टाबाट बेवारिसे अवस्थाको सात सय केजी लसुन फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति ८ः३० बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित बाँसझ्याङमा लुकाई छिपाई बेवारिसे अवस्थामा रहेको लसुन प्रहरीले नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उक्त लसुन नियन्त्रण गरी आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।  

नियन्त्रण गरिएको सात सय ७०० केजी लसुनको मूल्य तीन लाख पचास हजार बरावर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।