गोलधाप ।

ताप्लेजुङको ढुङ्गे साँघुमा माता धनकुमारी मावों तथा पिता मानप्रसाद लिङ्देनको जेष्ठ पुत्रका रूपमा २०२२ साल असोज २२ गते जन्मिएका राजेन्द्र लिङ्देन २०३२ सालमा बसाइँसराइसगैं झापा जिल्लाको गोलधापमा स्थायी बसोबास गरेका थिए ।  उनको जन्मस्थल एमालेका दिवंगत महासचिव मदन भण्डारीकै जन्मगाउँ हो। प्रहरी सेवामा रहेका बाबुको जागिर झापामा भएकाले ढुङ्गेसाँघु (ताप्लेजुङ) मा जन्मेपनि उनको बाल्यकाल भने झापाको हल्दिबारी गाउँपालिका १ मा बित्यो। 

झापालाई कर्मथलो बनाएका उनको राजनीतिक जीवन भने विद्यार्थी संगठन  (पञ्चायत–समर्थक) राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलबाट सुरु भयो। पछि उनी राष्ट्रिय प्रजातान्त्रिक बिधार्थी संगठनको संथापक अध्यक्ष समेत बने। बि.स. २०४३ सालमा एसएलसि उत्रिर्ण गरे लगत्तै आफ्नै प्रधानाध्यापक त्रिलोचन मैनालीसँग प्रधानपञ्चमा चुनाव लडेका उनी आठ मतले पराजित भएका थिए।

‘गाउँमा यस्ता सामन्तहरू थिए, जो ऐलानी जग्गाको समेत शुल्क उठाएर गरिब किसानहरूलाई शोषण गर्थे ।  ‘बुबा तीनीहरूको विरुद्धमा हुनुहुन्थ्यो’, लिङ्देनले भने, ‘कम्युनिष्ट नभए पनि तिनै सामन्तहरूसँग लड्दा लड्दै मेरो राजनीतिक जीवनको सुरुवात भयो।’ 

०४६ को परिवर्तनपछि गठित राप्रपा राष्ट्रिय राजनीतिमा कमजोर भएपनि आफ्नो गाउँमा भने उनी लोकप्रिय थिए। त्यसैले २०४८ र २०५४ दुवै समयका स्थानीय निर्वाचनमा लिङ्देन राप्रपाको उम्मेदवारका रूपमा गोलधाप गाबिस वडा नं. ३ मा लगातार  वडाअध्यक्ष पदमा विजयी भए। माओबादी दन्द्वकालमा माओबादीले बम बिस्फोट गराई घर आगजनीसमेत गरिदिएका थिए । त्यसपछि उनी झापाकै बिर्तामोडमा बसोबास गर्न पुगेका थिए। पछि माओबादी द्वन्द्वकाल सकिएपछि पुनः गोलधापमै बसोबास गदै आएका छन् ।

पटक–पटक माओबादीबाट भौतिक आक्रमणमा परेका लिङ्देनलाई अन्तिम पटक भने मरणासन्न हुनेगरी कुटेर अब मर्यो भन्दै झाडीमा फालिदिएका थिए । सानैदेखि राजनीतिक संगठनमा सकिय लिङ्देनको औपचारिक शिक्षा भने राजनितिक शास्त्रमा एमए सम्म गरेका छन्। राजा ज्ञानेन्द्रले सत्ता हात लिएपछि जिबिस  सभापति बनेका थिए त्यस बखत लोकपृय काम गरेका कारण जनताको मनमा बस्न सफल भएका हुन् । हाल राप्रपाका महामन्त्री समेत रहेका लिङ्देन राप्रपाको एकमात्र निर्वाचित सांसद हुन् ।

झापा क्षेत्र नं. ३ बाट नेपाली काङ्ग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई हराउँदै उनी सांसद बनेका हुन्। २०७४ सालको चुनावपछि प्रतिनिधि सभाका १ सय ७५ जना सदस्यले संसद् सचिवालयले तयार पारेको एकै बेहोराको शपथमा हस्ताक्षर गरे। राप्रपाबाट निर्वाचित एक मात्र सदस्य राजेन्द्र लिङ्देन (झापा) ले पनि त्यही बेहोराको शपथ खाए। तर उनले त्यो शपथ सकिएलगत्तै अर्को पनि शपथ खाए। यो शपथको बेहोराचाहिँ उनी आफैंले लेखेका थिए। जसमा लिङ्देनले ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानुसरह भएको’ उल्लेख गर्दै ‘यस्तो अपराध आफ्ना तर्फबाट नहुने’ प्रतिज्ञा गरेका थिए। उनी टुप्पाबाट पलाएको वा कसैको आशिर्वादले नेता भएका ब्यक्ति होइनन् सानो उमेरदेखि राजनीतिमा संघर्षरत ब्यक्ति हुन्।

फरक प्रकृतिको त्यही शपथका कारण २०७४ को चुनावपछि एकाएक चर्चामा आएका सांसद लिङ्देन यतिबेला फेरि चर्चामा छन्। जातिय आरक्षणको बिरोधी नेताका रूपमा पहिचान बनाएका उनी साधारण जीवनशैली, प्रष्ट बक्ता, राष्ट्रिय स्वतन्त्रता, अखन्डताका लागि अडिक रहेका छन्। लिङ्देन राजसंस्था र हिन्दुराष्ट्रको उपस्थितिमा यो देशको एकता मजबुत हुन्छ देशको सार्वभौमिक्ता सुरक्षित रहने बताउँछन् । राप्रपाको आगामी महाधिवेशन (१५–१७ मंसिर) मा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेपछि उनको चर्चा चुलिएको हो।

उनी नेपाली राजनीतिक वृतमा एक आशलाग्दो नेताका रूपमा चिनिएका छन् । नेपाल जस्तो न्यून आयश्रोत भएको मूलूकका निम्ति प्रदेश सरकार आवश्यकता नभएको प्रष्ट बताउने लिङ्देन बलियो स्थानीय तह र संघिय सरकार भए राज्यलाई ब्यायभर कम हुने बताउँछन्। परिक्षण भईसकेको ब्यक्तिलाई पटकपटक मौका दिएर समय बर्वात गर्नु भन्दा नयाँलाई एक पटक मौका दिएर हेर्नुपर्ने उनको धारणा रहेको छ।