बिर्तामोड । 

पछिल्लो समय झापासहित देश भरमा लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको सरकारी तथ्याङ्कले देखाएको छ । देशभर रहेका कारागारमा हेर्ने हो भने लागूऔषध मुद्दाका कैदीबन्दी धेरै छन् ।

 जिल्ला कारागार झापामा समेत लागू औषध मुद्दामा पक्राउ परेका कैदीबन्दीको संख्या धेरै भएको तथ्याङ्कले देखाउँछ । जसमा महिला कैदीबन्दीहरु समेत सजाय भुक्तान गरिरहेका छन् । खास गरी बिर्तामोड सहितदमक, काँकरभिट्टा, भद्रपुर लगायतका सहरी क्षेत्रमा लागू औषध प्रयोग कर्ता धेरै पक्राउ पर्ने गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लागू औषध प्रयोग कर्ता तथा दुव्र्यसनीको संख्या बढ्दै  गएपछि झापामा सञ्चालित सुधार केन्द्रहरुले उनीहरुलाई सुधारका प्रयासहरु गरिहेका छन् । भापाको बिर्तामोड ५ मा सञ्चालनमा रहेको क्षितिज महिला बिकास समाज अन्तरगत सञ्चालित महिला सुधारगृह तथा पुनस्र्थापना केन्द्रले पनि भारतसहित नेपालका विभिन्न स्थानमा कुलतमा फसेका महिलाहरुलाई राखेर सुधार तथा उपचार गरिरहेको छ ।

बिर्तामोडका सडकमा  कुलतमा फसेर हिँनडुल गर्ने महिलाहरुको समेत यो संस्थाले उद्दार गरी उपचार गरिरहेको बताइएको छ । तर, स्थानीय तहले भने सो संस्थालाई सहयोग नपु¥याएको संस्था संचालकले गुनासो गरेका छन् ।

mahila

दुईवर्ष अघिदेखि सञ्चालनमा आएको सो संस्थाले केही महिना अघि ११ महिलालाई बिर्तामोडका सडकबाट उद्धार गरी संस्थामा राखेर उपचार गरिरहेको भएपनि बिर्तामोड नगरपालिकाले भने हालसम्म कुनै सहयोग नगरेको संस्थाकी सञ्चालक तीलरुपा कटुवालले बताइन् । उनले भनिन ‘सडकबाट उद्धार गरिएका युवतीहरुमा धेरै प्रकारको सदस्य देखिएको छ । हामीले जसोतसो उपचार गरिरहेका छौं ।’ तर, उद्धार भएका केही युवतीहरुमा भिरुङ्गी जस्ता रोग देखिएकाले उपचारमा समस्या भएको कटुवालको भनाई छ ।

‘सडकबाट उद्धार गरिएका युवतीहरुले बिर्तामोडका कति मानिसलाई संक्रमण सारेको  हुनसक्ने चिन्ताको विषय छ’ उनले भनिन् ‘यस्तो भयावह अवस्था बताउँदा समेत नगरले चासो नदेखाउनु आफैंमा चिन्ताको विषय बनेको छ ।’

संस्थाले हालसम्म १३५ जना महिलाको उपचार गरिसकेको छ । जसमध्ये ३५ जना पूर्ण रुपमा दुब्र्यसनमुक्त भएर घर फर्किसकेको सञ्चालक मञ्जु सिटौला कार्कीले बताइन् । संस्थामा अहिले ४३ जना महिला उपचारकै क्रममा रहेका छन् । ‘१४ देखि ७२ बर्षसम्मका महिलाहरुलाई यो संस्थामा राखेर उपचार भइरहेको उनको भनाई छ ।

भारतको सिक्किम, दार्जिलिङ, सिलिगुडी तथा कोशी र मधेस प्रदेशका दुब्र्यसनी महिलाको उक्त सुधारगृहमा उपचार गराइरहेको उनको भनाई छ । भारतको सिक्किमका ५ जना दुब्र्यसनी  उपचारपछि निको भएर घर फर्किसकेको जानकारी उनले दिइन् । हाल त्यहाँ अरु ५ जना भारतीयसहित ४३ जना उपचार गराइरहेको उनले बताइन् ।

लागू औषध दुब्र्यसनमा नेपालको मध्यम वर्गीय परिवारका सदस्य बढी फसेको पाइएको सञ्चालक कटुवालले बताइन् । खासगरी महिलाहरुमा दुब्र्यसनको सञ्जाल तिब्र रुपमा फैलिरहेको पाइएको उनको भनाई छ । यो सुधारगृहमा गतबर्ष २० जनाभन्दा कम दुब्र्यसनी उपचारका लागि आएको भएपनि यसबर्ष ४३ जना पुगेका छन् । अझ साँझपख शहरका गल्लीमा हेर्ने हो भने हजारौंको संख्यामा दुब्र्यसनी भेटिने कटुवालको अनुभव छ ।

सुधार गृहमा हाल ७ जनालाई निःशुल्क राखिएको छ । १४ जनाले ५० प्रतिशत शुल्क दिएका छन् । अरुलाई पनि तोकिएको रकममा सहुलियत गरिएको छ । ९० दिनको बसाईमा ४५ हजार तोकिएको शुल्क एकजनासँग पनि पुरा नलिएको सञ्चालक कार्कीले बताइन् ।

केहीदिन अघि बिर्तामोड नगरपालिकाले ११ जना दुब्र्यसनीलाई प्रहरीको सहयोगमा सुधार केन्द्रमा पठाएको थियो । त्यसबापतको लाग्ने शुल्क नगरपालिकाले तिर्ने छाँटकाँट नदेखाएको सिटौला बताउँछिन् । बिर्तामोड नगरपालिका–५ मा भाडाको घरमा सो सुधार केन्द्र सञ्चालन भइरहेको छ ।

झण्डै ५ कठ्ठा क्षेत्रफलमा फैलिएको यो सुधार केन्द्रमा दुब्र्यसनीलाई गर्नुपर्ने सबै खालको उपचारको बिधि अपनाइने कटुवालले बताइन् । लामो समय उनी लागु औषध दुब्र्यसनको क्षेत्रमा काम गरेकी कटुवालको काउन्सिलिङपछि दुब्र्यसनमा फसेका युवा युवतीले नयाँ जिवन शुरु गरेका छन् ।

बिर्तामोडको गल्ली–गल्लीमा पछिल्लो समय बढ्दै गएको महिला दुब्र्यसनीका घटना न्यूनिकरणका लागि सुधार केन्द्रले मात्र नभएर स्थानीय तहले पनि चासो राख्न उक्त सुधारगृह आग्रहसमेत गरेको छ । उनीहरुले सवैको साथ र सहयोग भए बिर्तामोडलाई महिला दब्र्यसनी मुक्त बनाउनेसमेत बताएका छन् ।  उक्त सुधार केन्द्रले लागू पदार्थ तथा मादक पदार्थ सेवन साथै डिप्रेशनको समेत उपचार गर्दै आएको जनाइएको छ ।