काँकरभिट्टा ।
गत तिहारमा संकलन गरिएको दुई लाख १० हजार रुपैयाँ झापाको मेचीनगर–५ स्थित श्री बालकल्याण माध्यमिक बिद्यालयलाई हस्तान्तरण गरिएको छ । विद्यालय आसपासका १० वटा टोलविकास संस्थाका अविभावकहरूको सकृयतामा शुभ दिपावली–२०८१ को अवसर पारेर संकलन गरिएको सो रकम विद्यालयमा स्थापना गरिएको सामुहिक अक्षय तथा शिक्षक अविभावक लगानी कोषमा हस्तान्तरण गरिएको हो ।
श्री बालकल्याण माबिले २०८० सालको एसइइ परिक्षामा मेचीनगरका सम्पूर्ण विद्यालयहरुलाई पछि पार्दै प्रथम स्थान प्राप्त गर्न सफल भएको भन्दै आगामी दिनमा अझ बढी सफलता मिलोस भन्ने उदेश्यका साथ बिद्यालयको अक्षयकोषमा प्रदान गरेको बिद्यँलय ब्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्रकुमार गिरीले जानकारी दिए । शुक्रवार अविभावक भेला कार्यक्रमका बिच सो रकम हस्तान्तरण गरिएको थियो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्रकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर–५ का वडाध्यक्ष कनकबहादुर कार्कीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन बिद्यालयका प्रधानाध्यापक नारायण न्यौपानेले गरेका थिए ।
सोही कार्यक्रमका बिच नेपाल दशनामी समाज मेचीनगर र नेपाल पूर्व प्रहरी संगठन मेची नगरले समेत आर्थिक तथा भौतिक पूर्वाधार क्षेत्रमा कमजोर रहेको अवस्थामा पनि शैक्षिक क्षेत्रमा अब्बल रहेको भन्दै बिद्यालयको उन्नति र प्रगतिको कामना गर्दै सामुहिक अक्षय कोषमा दशनामी समाजले ३२ हजार ६०रुपैयाँ र नेपाल पूर्व प्रहरी संगठन मेची नगरले ३७ हजार ६५५ रुपैयाँ बिद्यालयको सामुहिक अक्षय कोषमा हस्तान्तरण गरेको गिरीले बताए ।
कार्यक्रममा प्रमुख आतिथि कार्की, नेपाल पूर्व प्रहरी संगठनको तर्फबाट पूर्व झापा जिल्ला अध्यक्ष पूर्व प्रहरी नायव उपरीक्षक प्रेम लामा, टोल विकास सस्थाको तर्फबाट टोल विकास अध्यक्ष अनन्त दहाल, नेपाल दशनामी समाजको तर्फबाट नेपाल दशनामी समाज मेची नगरका पूर्व नगर उपाध्यक्ष रंगलाल गिरी, बिद्यालय संस्थापनको तर्फबाट अविभावक ज्योति पाठकलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा अविभावकहरु, वडा स्तरिय जनप्रतिनिधिहरु, नेपाल दशनामी समाजका केन्द्रिय सह–कोषाध्यक्ष, झापाका पूर्व सदस्यहरु, नेपाल दशनामी समाज मेचीनगरका नगर अध्यक्ष तथा नगर सचिव लगायत नेपाल पूर्व प्रहरी संगठन झापाका पूर्व जिल्ला अध्यक्ष, झापाका जिल्ला उपाध्यक्ष तथा सदस्यहरु, नेपाल पूर्व प्रहरी मेची नगरका नगर अध्यक्ष, नगर उपाध्यक्ष तथा सदस्यहरु र बिद्यालयका शिक्षक तथा शिक्षिकाहरु, बिद्यार्थीलगायतको बाक्लो उपस्थिति रहेको थियो ।