बुद्धशान्ति ।
जगत् गुरु शंकराचार्य महाराज जी झापा आएर आशिर बचन दिएकी छिन् । झापाको बुद्धशान्ति–५ गडीगाउँमा मंसीर ६ देखि १२ गतेसम्म आयोजना भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा जगत् गुरु शंकराचार्य महराज जि हेमानन्द गिरी आएर आज (शनिवार) आशिर बचन दिएकी हुन् ।
करिब डेढ घण्टा आशिर बचन दिएकी उनको प्रवचन सुनेर भक्तजनहरु भावूक भएका थिए । स्थानीय टीकराम गिरी, डम्बरकुमारी गिरी, छोरा पर्यावरणबिद रुद्रप्रसाद गिरीले पितृ उदार्थ एवं आफ्नो आत्मा कल्याण र सन्तान सन्ततिहरुको उज्वल मंगलमय जीवनको कामनाका लागि आयोजना गरेको महायज्ञमा आएर महाराज जि हेमानन्दले आशिर बचन दिएको रुद्रप्रसाद गिरीले जानकारी दिए ।
महायज्ञमा प्रमुख व्यासत्व भागवताचार्य पं. तेजराज सुवेदी रहने छन् भने सह– व्यासत्व पं. खगेन्द्र घिमिरेको रहने छ । महायज्ञमा मंसीर ६ गते बिहान ९ बजे सोभा यात्रापछि मण्डप पूजा एवं कथा प्रराम्भ भएको थियो ।
आयोजक गिरीका अनुसार मंसीर ११ गते साँझ लक्षवत्तिका दीप्रज्वलन र मंसीर १२ गते पूर्णाहुति तथा यज्ञ समापन हुनेछ । आज महायज्ञ स्थलमा नेपाल दशनामी समाज कोशी प्रदेशका अध्यक्ष पदमबहादुर पुरी (प्रकाश), समाजका बिर्तामोड नगर अध्यक्ष खड्गराज गिरी, सचिव प्रजित पुरी, कोषाध्यक्ष बिदुर गिरी, नगरका पूर्व अध्यक्ष अर्जुन गिरी, नगर सदस्य रणबहादुर गिरी, पद्मा पुरी, कृष्ण पुरीलगायतको समेत सहभागीता रहेको थियो ।