अर्जुनधारा । 

अर्जुनधारा नगरपालिका भित्र रहेका सामुदायिक बिद्यालयका शिक्षकहरुलाई अपाङ्गता भएका बालबालिकाहरुको प्रारम्भिक पहिचान सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश सरकार सामाजिक मन्त्रालय, एन एफ डि एन र करुणा फाउन्डेशन र स्थानीय सरकारको संयुक्त आयोजनामा मंसिर ७ र ८ गते अपाङ्गता रोकथाम तथा पुनरस्थापना कार्यक्रम अन्तर्गत अर्जुनधारा नगरपालिकाको आयोजना एवम् शिक्षा युवा तथा खेलकुद शाखाको सहजीकरणमा २८ वटा सामुदायिक बिद्यालयका भ्mष्क फोकल पर्सन शिक्षकहरुलाइ अभिमूखिकरण दिइएको हो । 

अपाङ्गता सम्बन्धि बिद्यालयमा रहेका १० बर्ष सम्मका विद्यार्थीहरुको कार्यगत सिमितताको प्रारम्भिक पहिचान प्रश्नावली अनुसार उनिहरुको बिवरण भर्ने, कुन किसिमको अपाङ्गता भएका  विद्यार्थीहरु हुन पहिचान गरि स्थानीय शिबिरमा समन्वय गर्ने रेफर गर्ने र १० बर्ष देखीमाथि १७ बर्ष सम्मका अपाङ्गता पहिचान विद्यार्थीहरु रहे उनिहरुको पनि अभिभावकसहित रेफर गरि स्थानीय शिबिर वा स्थानीय सहजकर्तासग समन्वय कार्य गर्नका लागि यो तालिमको आयोजना गरिएको स्थानीय पालिका  को–ओडिनेटर अन्जना खत्रीले बताइन् । 

अपाङ्गता भएका बालबालिका एवम् विद्यार्थीहरु पुर्णअसक्त, अतिअसक्त, मध्यमअसक्त र सामान्य अशक्त हुन कुन किसिमका अपाङ्गता हुन सोही अनुसार उपचार र  अध्ययन ब्यवस्थापन, छात्रवृत्ति, उनिहरुलाइ के कस्ता सीप सहयोग गरि आत्मनिर्भर बनाउन सकिन्छ भन्ने उदेश्य साथ तीन बर्षसम्म यो कार्यक्रम रहने कार्यक्रमका जिल्ला संयोजक सन्जय शर्मा गुरागाइले बताए। 

सम्पूर्ण बिद्यालयको भ्mष्क अनुसार विद्यार्थीहरुको तथ्याङ्क दुरुस्त र अपाङ्गता भएका विद्यार्थीहरु नछुटने गरि प्रवन्ध मिलाउन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव तोयानाथ रेग्मीले बताए। दुई दिने तथ्यांक संकलन अभिमुखी कार्यक्रमको प्रमुख सहजकर्ता शिक्षा युवा तथा खेलकुद शाखा बुद्धशान्ति गाउँपालिकाका प्रमुख कमलप्रसाद निरौला रहेका थिए ।  

अर्जुनधारा नगरपालिकाकि उप–प्रमुख खड्गमाया पराजुलीको अध्यक्षता संचालित कार्यक्रममा स्वागत एवम् औचित्य प्रमुख प्रशासकिय अधिकृत तिलोचन रिमालले गरेका थिए । अभिमुखी कार्यक्रम लाभदायक रहेको भन्दै प्रशिक्षार्थीहरु कन्चनबारी आबिका प्रधानाध्यापक टंक न्यौपाने, श्री आबिकि प्रधानाध्यापक सुजाता शिवाकोटीले आ–भनाई प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण शिक्षा शाखाकी प्राबिधिक सहायक समिरा दाहालले गरेकी थिइन् ।