• सुदिपबाबु खवास 

बिर्तामोड । 

स्थानीय स्काउट कार्यालय विर्तामोड नगरपालिकाको आयोजनामा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा १८ वटा स्काउट दलका ५४ जना प्रतिस्पर्धी रहेको थिए । 

 १८ वटा स्काउट दलहरुमा एमिटी, बेल्स, वीर अमरसिङ, विराट, विराटज्योती, दुर्गा, देवी, इडेन गार्डेन, इन्भेन्चर, कञ्चनजङ्गा, मनकामना, महेन्द्र ज्योति, महेन्द्र रत्न, मोहनमाया, नवोदय, न्युटन्स, सिद्धार्थबाट, तक्षशीलाका ३÷३ जनाका दरले जम्मा ५४ जना प्रतिस्पर्धी रहेका थिए । 

प्रतियोगितामा न्युटन्स स्काउट दल प्रथम, एमिटी स्काउट दल द्वितीय, कञ्चनजङ्गा स्काउट दल तृतीय  भएका छन् । उत्कृष्ट हुने तीनै दलहरूलाई नगर स्काउट समितिको तर्फबाट पुरस्कार सहित बधाई दिइएको थियोे ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख स्काउट नगर उप–प्रमुख नगेन्द्रप्रसाद संगौला र विशेष अतिथि शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत जानुका रेग्मी रहेका थिए । 

विद्यालयका प्रधानाध्यापक खड्ग खरेल, स्थानीय स्काउट कार्यकारी समितिका पदाधिकारीहरु, स्काउटर, विद्यालयका प्रतिनिधि शिक्षकहरु, विर्तामोड रोभर रेन्जर कृयूका रोभर रेन्जरलगायतको उपस्थिति रहेको स्थानीय स्काउट प्रमुख आयुक्त निकुञ्ज शर्माले जानकारी दिए ।