• लक्ष्मी उप्रेती

 मेचीनगर ।

  राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डाक्टर रामकृष्ण तिमल्सेनाले राष्ट्रिय समावेशी आयोग यो देशका अन्य आयोग भन्दा निक्कै फरक रहेको बताएका छन् । सोमबार(आज) झापाको मेचीनगरमा आयोगले आयोजना गरेको राष्ट्रिय समावेशी आयोग, अल्पसंख्यक, सीमान्तकृत एवम् अन्य लक्षित वर्गहरु र मेचीनगर नगरपालिकासंगको अन्तक्रियामा बोल्दैं उनले देश महिला, मुश्लिम, थारु आयोगलगायत अन्य धेरै आयोगहरु रहेको बताएका हुन् ।  

अध्यक्ष तिमल्सेनाले नेपालको संविधानले राष्ट्रिय समावेशी आयोगलाई संवैधानिक आयोगको रुपमा व्यवस्था गरेको स्पष्ट पारे ।आयोगको क्षेत्राधिकारभित्र अल्पसंख्यक तथा लोपोन्मुख जातजातीको अध्ययन गरी उनीहरुको हित अभिवृद्घि गर्न नेपाल सरकारलाई सिफारिस गर्नु रहेकाले मेचीनगरपालिका क्षेत्रमा बसोबास गर्ने मेचे र किसान जातिको बिषयमा अध्ययन गरेर सिफारिस गर्नका लागि कार्यक्रम आयोजना गरिएको हो ।

 नेपालको संविधानको प्रस्तावनामा नै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसंस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, समाजिक, सांस्कृतिक ऐक्यवद्घता, सहिष्ण्ुता र सदभावलाई संरक्षण एवम् प्रवद्र्घन गदैं वर्गीय, जातीय, क्षेत्रीय,भाषिक, धार्मिक लैंगिक,विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता समृद्घि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्घान्तका आधारमा समतामुलक समाजको निर्माण गर्ने उदघोष गरिएको उनले समरण गराए ।

 यो नै समानुपातिक समावेशी राज्य व्यवस्थाको मूल आधार रहेको भन्दैं उनले लक्षित वर्ग पहिचानको सम्बन्धमा थर सूचिकृत गर्न नेपाल सरकारलाई सिफारिस गर्ने लगायत आठवटा काम राष्ट्रिय समावेशी आयोगको रहेको बताए । नेपालको संविधानको धारा २५८ मा खसआर्य, पिछडावर्ग, अपाङ्ता भएका व्यक्ति, ज्येष्ठनागरिक, श्रमिक, किसान, अल्पसंख्यक एवम् सीमान्तकृत समुदाय तथा पिछडिएको वर्ग र कर्णाली एवम् आर्थिकरुपले विपन्न लगायतका समुदायको हक अधिकारको संरक्षण र सम्वद्र्घन गर्न  अध्ययन अनुसन्धान गर्ने, ती वर्गा समुदाय र क्षेत्रसँग सम्बन्धित कानुन कार्यान्वयन अवस्थाको अनुगमन गरी नेपाल सरकारलाई सिफारिस र सुझाव दिने उद्घेश्यसहित  राष्ट्रिय समावेशी आयोगको व्यवस्था भएको आयोगका अध्यक्ष डाक्टर तिमल्सेनाले  सहभागीलाई जानकारी गराए ।

 मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको सभापतित्व र उपप्रमुख मीना पोखरेल उप्रेतीको विशिष्ट आतिथ्यतामा भएको अन्तरक्रियामा अध्यक्ष तिमल्सेनाले नेपालको संविधान र राष्ट्रिय समावेशी आयोग ऐन २०७४ बमोजिम खसआर्य, पिछडावर्ग, अपाङता भएका व्यक्ति, ज्येष्ठ नागरिक, श्रमिक, किसान, अल्पसंख्यक, सीमान्तकृत समुदाय, पिछडिएको वर्ग, कर्णालीमा बसोबास गर्ने र आर्थिकरुपले विपन्न वर्ग लगायतका ११ लक्षित वर्गहरु यस आयोगको कार्यक्षेत्रभित्र पर्ने बताए ।

 कार्यक्रममा सहभागी विभिन्न समुदायका प्रमुख प्रतिनिधिहरुले राष्ट्रिय समावेशी आयोग नै समावेशी नभएको टिप्पणी गरेका थिए । अहिले तिमल्सेनाको अध्यक्षमा विष्णुमाया ओझा, पुष्पराज तिमिल्सिना, मानप्रसाद खत्री र हरिदत्त जोशी सदस्य रहेको ५ सदस्यीय आयोग छ । तर, आयोगमा  लक्षित वर्गहरु नै नपरेका कारण यसलाई सच्चयाउनुपर्ने सहभागीहरुले सुझाव दिएका थिए । राज्यले सामाजिक सुरक्षा भत्ता प्रदान गरेर जिम्मेवारीबाट पन्सिन खोजेको भन्दैं सहभागीहरुले भत्ता नभएर अब उनीहरुलाई उच्च शिक्षा प्रदान गरेर आत्मनिर्भर बनाउने तर्फ लाग्नुपर्ने उनीहरुको भनाई थियो । धेरैको यो भत्ताका जीवनस्तर माथि उठेको भन्दैं सहभागीले कतै कतै दूरुपयोग भएाके गुनासो आयोग समक्ष राखेका थिए । राज्यले भत्ता कहाँ कति सदुपयोग भयो, कहाँ कति दुरुपयोग भयो त्यसको अनुगमन नगरेको भन्दैं आयोगको ध्यानाकर्षण समेत गराएका थिए ।

सादरी भाषाका अगुवा बन्धनकुमार मुण्डा, थामी समाजका अगुवा लालबहादुर थामी, राजवंशी विकास समिति मेचीनगर अध्यक्ष दिनेश राजवंशी, मेचीनगर नगरकार्यपालिका सदस्य हिर्दय राजवंशी, मेचे समाजका अगुवा रोश्नी मेचे, माझी समाजका सन्तलाल माझी, राष्ट्रिय अपाङ महासंघका अध्यक्ष गंगा संग्रौला मजदुर नेताहरु खडानन्द भण्डारी, विशाल तामाङ,  किसान समुदाय विकास प्रतिष्ठानका केन्द्रिय सचिव भिम किसान वडानम्बर १३ का वडाध्यक्ष कृष्णराज सिंगदेललगायतले आ आफ्नो विचार र सुझाव राखेका थिए । 

 सहभागीको जिज्ञाशाको राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डाक्टर रामकृष्ण तिमल्सेनाले जवाफ दिएका थिए । मेचीनगर नगरपालिका आर्थिक विकास शाखा प्रमुख एवम् खाद्य विश्लेषक दीपेन्द्र कार्कीले सञ्चालन गरेको कार्यक्रममा आयोगका सदस्य पुष्पराज तिमिल्सिनाले स्वागत गरेका थिए । कार्यक्रममा मेचीनगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारी, विभिन्न वडाका वडाध्यक्षहरु, सामाजिक विकास समितिका अध्यक्ष,ज्येष्ठ नागरिक, श्रमिक, अपाङ्ता भएका व्यक्तिहरुको सहभागी थियो ।