झापा ।
झापाको दमक नगरपालिका वडा नम्बर ८ स्थित बाटोबाट प्रतिबन्धित लागू औषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले गएराति ७ः५५ बजेको समयमा ब्राउन सुगरसहित ती ब्यक्तिलाई नियन्त्रण गरेको हो ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ३ का २८ बर्षिय उपेन्द्र बान्तवालाई पक्राउ गरेको छ ।
बान्तवलाई शंका लागेर प्रहरीले चेकजाँच गर्दा उनको साथबाट ब्राउन सुगर प्लाष्टिक बाहेक २ ग्राम फेला परेको थियो । उक्त लागू औषध फेला परेसँगै उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।