बुट्टाबारी । 


सामुदायिक सिर्जनशिल समाज झापा अर्जुनधारा–११ ले स्वास्थ्य लागि फूटवल नाराका साथ नकआउट फुटबल प्रतियोगिताको शुरु गरेको छ । 

देवनिया प्रगतिटोल खेल मैदानमा भएको दुई चरणको खेलमा आयोजक टिम साशिस फुटबल क्लबले  खुदुनाबारी फुटबल क्लबलाई १ का विरुद्ध ४ गोल र धाइजन चाराली फुटबल क्लबले  न्यु स्टार फुटबल क्लब बिर्तामोड ६ लाई २ का  विरुद्ध ४ गोल गरि सासिस फुटबल क्लब अर्जुनधारा ११ र धाइजन चारआली फूटबल क्लब मेचिनगर सेमिफाइनलमा पुगेका हुन् । 

 खेल मंसिर १२, १३ र फाइनल १५ हुने प्रतियोगितामा स्यालडाँगी फूटबल क्लब र रातेखाल फुटबल क्लब साथै  शनिश्चरे फुटबल क्लब र अन्तिम विकल्प फुटबल क्लब बिच रहने आयोजक समितिका संयोजक अमित श्रेष्ठले बताएका छन् । 

खेल निश्पक्ष रुपमा सन्चालन गर्न रेफ्री प्रबिण राई लाइन्स मेनमा दिपेन योङ्ग्याङ्ग र सन्दीप आङ्गभ्वाङ्ग फोर्थमा अनुश राई रहेका छन् । भएको खेलमा म्यान अफ द म्याज सासिसका समर्पण राना र धाइजन क्लबका बिजय राईलाई नगदसहित सम्मान गरिएको थियो । 

खेलमा प्रथम पुरस्कार १५ हजार र शील, ट्रफी दोस्रो पुरस्कार १० हजार र शील, ट्रफी र म्यान अफ द म्याच र बेस्ट गोल किपर, बेस्ट पिल्यर आदि पुरस्कार रहेको सस्थाका अध्यक्ष जगतबहादुर मगरले जानकारी दिए। 

कार्यक्रममा पुरस्कार खेल ब्यवस्थापनका लागि भातृ सस्था बन्दी सहायता नेपाल र सस्थाका युवा सदस्य अस्ट्रेलियाबाट निश्चल राना,राज मगर, दुबईबाट कन्चन राना मगर र स्थानीय युवा अभिभावकहरुको सहयोग प्राप्त भएको सचिब रन्जित परियारले जानकारी दिए। 

उदघाटन कार्यक्रममा प्रमुख अतिथि  जिल्ला खेलकुद समितिका अध्यक्ष प्रशान्त भण्डारीले खेलले स्वास्थ्य र अनुसाशित र रोजगारीसम्म हुने हुँदा युवालाई अभिभावक, स्थानीय क्लबलगायतले  प्रोत्साहन गर्न जरुरी रहेको बताए । जगतबहादुर मगरको अध्यक्षता सञ्चालित कार्यक्रममा बिशिष्ठ अतिथि वडा न ११ का अध्यक्ष खगेन्द्र इङ्गनाम, हेम अधिकारी, गोबिन तामाङ्ग लगायतले शुभकामना मन्तब्य राखेका थिए । 

प्रतियोगितामा गकुल सुब्बा, प्रकाश प्रधान, सौजन मुखिया, कमल श्रेष्ठ, सन्जय सुसिलिङ्ग मगर र सुमन खवास, बिवेक बस्नेतले सहयोग गर्दै आएका छन् ।