झापा। 

झापाको अर्जुनधारा नगरपालिका–५ मा पनि गौहत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अर्जुनधारा ५ पानीकलस्थित बिरिङ खोलाको किनारमा गौहत्या गरिरहेको अवस्थामा गएराति ९ः४५ बजे एक जना पक्राउ परेका छन् । 

गौहत्या गरेको आरोपमा सोही स्थानका  ५० वर्षीय राम तामाङ पक्राउ परेका छन् । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

यसअघि मंगलवार कनकाई नगरपालिका–३ टप्पुमा लैनो गाई काटिएको थियो । त्यस घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।