शिवसताक्षी ।  

नेपाल कम्युनिष्ट पार्टी  (माओवादी केन्द्र) शिवसताक्षीका नगर अध्यक्ष तथा स्थानीय तहको गत वैशाख ३० गते भएको निर्वाचनमा गठबन्धनका तर्फबाट उपमेयर पदका उम्मेद्बार महेन्द्र भट्टराईले आफू निर्वाचनमा उपबिजेता बनेपछि जनताको अभिमत आफूले पाएको तर मत बदर भएर उपबिजेता भएको बताएका छन् । 

नेता भट्टराईले सामाजिक सञ्जालमा शिबसताक्षी नगरको बिकासका निम्ति निरन्तर लाग्ने प्रतिबद्धता समेत गरेका छन् ।

उनले शिबसताक्षी नगरमा निर्वाचित प्रमुख र उपप्रमुख मेघाहाङ थोप्रा( रोशन) र नरमाया कार्कीलाई सफल कार्यकालको शुभकामना दिदै जनतासामु भट्टराईले गरेको प्रतिबद्धता पनि पुरा हुनेमा आशाबादी रहेका भन्दै आफ्ना प्रतिवद्धता सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन् । 

युवा नेता भट्टराईले शिबसताक्षी नगरबासी आमाबुबा दाजुभाई तथा दिदीबहिनी,  निर्वाचन सम्पन्न गर्न खटिएका निर्वाचन अधिकृत, कर्मचारी साथीहरू, सुरक्षा कर्मी, पत्रकार, निर्वाचन कार्यमा रातदिन नभनी तल्लिन राजनीति दल, गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा (माओबादी केन्द्र) का नेता तथा कार्यकर्ता मतदाता सम्पूर्णलाई हार्दिक आभारसहित धन्यवाद प्रदान गरेका छन् ।  

उनले शिबसताक्षी नगरको बिकासलाई अगाडि बढाउन हिजो जस्तै निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै निर्बाचित जन प्रतिनिधिलाई भ्रस्टाचार मुक्त नगर, सुशासन, पारदर्शिता, दलिय, जातीय, धार्मिक, लैगिक, क्षेत्रीय र भाषिक आधारमा विभेद नगरी नगरको बिकासमा लाग्न अनुरोध समेत गरेका छन् । 

‘मैले फेरि पनि मन जिते, मत पनि जिते तर अत्याधिक मत बदर भयो, अनि पराजित हुनुपर्यो’ नेता भट्टराईले भने ‘तपाईंकोको मतको कदर गर्दै  जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।’ उनले आगामी दिनमा पनि सवैको अनुभव, सल्लाह सुझावका साथ अघि बढ्ने प्रतिबद्धता गरे । 

नेता भट्टराईले सधैं सकारात्मक सल्लाह सुझाव प्राप्त हुने अपेक्षा गर्दै सबै राजनीति दलका नेता तथा आम कार्यकर्ता, शुभचिन्तकलाई  कुनै किसिमको भेदभाव नहुने प्रतिबद्धताका साथ मतदाताको अमुल्य मतको सहि सदुपयोग गर्ने बाचाका साथ धन्यवाद  दिदै बिजय सबैलाई सफल कार्यकालको शुभकामना समेत दिएका छन् । 

यस्ता छन् उपमेयरका उपविजेता भट्टराईले गरेका प्रतिबद्धता  :

क) चन्द्रडाँगी कृषि विकास र्फममा कृषि क्याम्पस स्थापना  र कृषि अनुसन्धान केन्द्र स्थापन गर्न संघीय सरकारसँग पहल गर्ने ।

ख) गणेशमानसिंह अध्ययन प्रतिष्ठानलाई सामुदायिक अस्पतालको रुपमा विकास गरी मेडिकल कलेज बनाउने ।

ग) सतासीधाम, दोमुखा र चिल्लागढधामलाई त्रिधामका रुपमा विकास गरी ऐतिहासिक एवं धार्मिक पर्यटनको प्रर्वद्धन गर्ने ।

घ) नगरभित्रका सम्पूर्ण सडक र रिंगरोडका सडकहरुको स्तरोन्नती गरी कालोपत्रे गर्ने ।

ङ) नगरभित्र एक औद्योगिक करिडोरको स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीको वातावरण तयार पारी रोजगारीको अवसर सिर्जना गर्ने ।

च) दूधे, लारुम्बा, रवि, राँके सडक र माइधाम दोमुखा, महमाई इलाम सडकको स्तरोन्नती गरी पहाडी सञ्जालमा जोड्ने ।

छ) १० वर्षदेखि स्थायी बसोबास गर्दै आएका विपन्न परिवारलाई आवास गृह निर्माण गरिदिने ।

ज) नगरभित्र बसोबास गर्ने विद्यार्थीहरुलाई नगरभित्रका क्याम्पसहरुमा स्नातकतह अध्ययन गर्दा लाग्ने शुल्क मिनाह गर्ने ।

झ) अति विपन्न वर्गका महिलाहरुलाई पोषण तथा सुत्केरी खर्च बापत रु.१५,०००।– उपलब्ध गराउने ।

ञ) ८० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई थप मासिक रु.२,०००।– प्रदान गर्ने ।

ट) मालपोत र नापी कार्यालयलाई नगरपालिकामा ल्याई सेवा सञ्चालन गर्ने ।

ठ) खोलाधार कटान क्षेत्र र उत्पादन हुन नसक्ने जग्गाको मालपोत मिनाह गर्ने ।

ड) विपन्न परिवारहरुलाई ५० प्रतिशत मूल्यमा खाद्यन्न उपलब्ध गराउने ।

ढ) कानून बमोजिम आयोग गठन गरी वास्तविक सुकम्बासीहरुलाई बढीमा १ वर्ष भित्रमा जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराउने ।

ण) नगर रिङरोडमा सिटी बस सञ्चालन गर्ने ।

त) नगर भित्र एक सुविधा सम्पन्न राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने ।

थ) नगरका मुख्य–मुख्य चौक र बजारहरुमा सिसि क्यामेरा जडान गर्ने ।

द) नगरमा २५ शैयाको अस्पताल निर्माण गर्ने ।

ध) विपन्न परिवारहरुलाई निःशुल्क स्वास्थ्य विमा गराउने ।

न) नगरपालिकास्तरमा रु.१ करोड भन्दा माथिको श्रमिक तथा मजदुर हितकोषको स्थापना गर्ने ।

प) माटो परिक्षण तथा पशुको कृत्रिम गर्भाधान (ए.आइ) सेवा निःशुल्क गराउने ।

फ) आदिबासी जनजातिहरुको पहिचान एवं भाषा, संस्कृतिको संरक्षण गर्नका लागि आदिबासी जनजाति आयोग गठन गरी सोही आयोगको सुझाव अनुसार अघि बढ्ने ।

ब) आगलागी नियन्त्रणका लागि तत्काल एक वारुणयन्त्र (दमकल) खरिद गर्ने ।

भ) वृक्षरोपण कार्यक्रम सञ्चालन गरी सामुदायिक वन जंगलको संरक्षण गर्ने ।

म) प्रत्येक वडाहरुमा स्वच्छ खानेपानीका योजनाहरु सञ्चालन गर्ने ।

य) विभिन्न जातजाति, भाषाभाषी र वर्ग समुदायहरुका रीति रिवाज, धर्म र संस्कृतिको पहिचान झल्काउने चाडपर्व तथा मठमन्दिर गुम्बा, माङहिम, माङखिम, चर्च, मस्जिद आदिको संरक्षण र संवद्र्धन गर्ने ।

र) नगरभित्रको सरकारी कार्यालय र सामुदायिक विद्यालयहरुलाई प्रविधि मैत्री बनाउने ।

ल) नगरस्तरीय एक प्रज्ञा प्रतिष्ठानको स्थापना गर्ने ।

व) नदी कटान क्षेत्रको व्यस्थित तटबन्धन गर्ने ।

श) सडकको दाँया, बाँया ढल निकासको व्यवस्था गर्ने ।

ष) सबै वडाहरुमा समानुपातिक रुपमा बजेटको विनियोजन गरी साविकका अधुरा योजनाहरुलाई पूरा गर्ने ।

स) गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई प्रत्येक वर्ष १ जनाका दरले एमबिबिएस पढ्न लाग्ने खर्च उपलब्ध गराउने ।

ह) विषयगत विधामा प्रत्येक वर्ष नगर तारा घोषणा गरी पुरस्कृत गर्ने ।

क्ष) उत्कृष्ट सामुदायिक विद्यालय प्रोत्साहन अनुदान कार्यक्रम अन्तर्गत १—५/१—८ र १—१२ कक्षा सञ्चालित विद्यालयहरुलाई वार्षिक रु.२ लाख, ४ लाख र ६ लाख रुपैयाँ शैक्षिक प्रोत्साहन रकम उपलब्ध गराउने ।

त्र) बाथ, प्रेसर, सुगर, युरिक एसिड जस्ता रोगहरुको औषधि तोकिएका स्वास्थ्य केन्द्रबाट निःशुल्क उपलब्ध गराउने

ज्ञ) नगरभित्रका इलाका प्रहरी कार्यालय, प्रहरी चौकी र प्रहरी बिटको स्तरोन्नती गर्दै जाने ।

१) लालपानीमा अस्थायी  प्रहरी बिट निर्माण गर्ने ।

२) अव्यवस्थित बसोबास गर्नेलाई तुरुन्त धनीपुर्जाको ब्यबस्था गर्ने ।

३) नगरको बजेट वाडमा केन्द्रित गरि वडामा सिलिङ बजेट कम्तीमा १ करोड पुर्याउने ।

४) दिगो बिकास को लक्ष अनुरुप कार्य गर्न लागि पर्ने ।

५) शैक्षिक प्रमाणपत्र धितो राखी युवाहरूलाई रोजगारीको ब्यबस्था मिलाउने ।

६) नगर भित्र चिस्यान केन्द्र ( cold store ) निर्माण गर्ने ।

७) एकल महिलालाई सीप सिकाई स्वरोजगार बनाउने ।

                                महेन्द्र भट्टराई 

           अध्यक्ष तथा उपप्रमुख पदका पराजित उम्मेद्बार 

           नेकपा (माओवादी केन्द्र ) शिबसताक्षी नगर