हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिका–१ गोलधापस्थित साबिक वडा २ मा अवस्थित एकता युवा परिवारका सक्रिय  युवा तथा बुद्दिजिवी सदस्यहरुले पालिकालाई ध्यानाकर्ष गराएका छन् । उनीहरुले आज (आइतवार) हल्दीबारी गाउँ पालिकाको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । 

बिगत लामो समयबाट साबिक वडा नम्बर २ स्थित साकेला चोकदेखि जिरो पोइन्ट जोडिने स्थानिय बाटो निमार्णमा कुनैपनि जनप्रतिनिधिहरुले ध्यान नदिएको भन्दै एकता युवा परिवारले हल्दीबारी–१ को वडा कार्यालय र हल्दीबारी गाउँपालिकामा आज ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

एकता युवा परिवारका क्रियाशील सदस्य बिबि दाहाल, इन्द्र सिगुलगायतका युवाहरुको समुहले उक्त कार्य गरेका हुन् । केही दिन अघि मात्र एकता युवा परिवारको फेसबुक पेज मार्फत सम्पूर्ण सदस्यहरुको प्रतिनिधित्व गर्दै बिबि दाहालले उक्त कार्य सम्बन्धि स्पष्टीकरण गरेका थिए । जहाँ उनले २०७९ सालको राप्रपाको घोषणा पत्र अनुसार कार्य नभए सो स्थानका जनताहरुद्वारा आगामी चुनाबमा आफ्नो गाउँमा कुनैपनि पार्टी दल नेता निषेधित क्षेत्र घोषणा गर्ने पनि बताएका थिए ।

आज बिहान करीब १० बजे वडा कार्यालय गोलधापमा पुगि वडाध्यक्ष देबिबहादुर थापालाई बाटो मर्मत तथा कालोपत्रे गरिदिन ध्यानाकर्षण पत्र बुझाएका थिए । क्रियाशील सदस्य इन्द्र सिगुका अनुसार वडा कार्यालय हुँदै हल्दीबारी गाउँ पालिकाको कार्यालय भवन पुगेका युवाहरुले गाउँपालिका अध्यक्ष नभेटेपछि गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबि मैनाली समक्ष आफ्नो ध्यानाकर्षण पत्र बुझाएका थिए ।

उपाध्यक्ष मैनालीले एकता युवापरिवारलाई सान्तना दिदै ध्यानाकर्षण पत्र बुझेकि थिएन् भने उनले चाँडो भन्दा चाँडो उक्त ठाउँको बाटोलाई अनुगमन गरिने र बाटो उन्नतिको  कार्य अगाडि बढाउने आश्वसन दिएकी छिन् ।