बाह्रदशी ।
नेकपा एमाले बाह्रदशी ५ नम्बर वडा कमिटीले किसानहरुलाई तरकारीका बेर्नाहरु उत्पादन गरि वितरण गरेको छ । बेर्ना उत्पादन उप–समितिका संयोजक तथा वडा कमिटी उपाध्यक्ष यामकुमार मैनालीको अगुवाईमा उक्त कार्य सम्पन्न गरिएको हो ।
टमाटर, बन्दाकोभी, ब्रोकाउली र फूलगोभीका बेर्ना उत्पावदन गरी ६ सय कृषकलाई बितरण गरिएको बताइएको छ । उनका अनुसार टमाटर (KARAN F1) ७ हजार, बन्दाकोभी (KF65) १४ हजार, ब्रोकाउली (FFANTASI F1) ४ हजार फूलगोभी (DEVI–1) ८ हजार गरि ४ प्रजातीका करिब ३३ हजार तरकारीका बेर्ना तयारी गरि वडाका करिब ६०० बढी कृषकहरुलाई वितरण गरिएको संयोजक मैनालीले बताए ।
स्थानिय कृषक बजारु राजवंशीले आफ्नो बारीमा बेर्ना तयारी गरि वडा कमिटीको कार्यक्रमलाई सहयोग पु¥याएका थिए । गएको मंशिर १, २ र ३ गते वडाका ७ वटै टोल कमिटीका कृषकहरुलाई घर–घरमा बेर्ना पु¥याइएको थियो ।
बेर्ना वितरण कार्यक्रमलाई हौसला प्रदान गर्न प्रदेश सभा सदस्य छविलाल चुडाल तथा गाउँ कमिटी अध्यक्ष अनिल सापकोटा बेर्ना स्थलमै पुगेर कार्यक्रमको प्रशंसा गरेका थिए । चुडालले वडा कमिटीले कृषकलाई जोडने गरि ल्याएको यस्ता प्रकारका कार्यक्रमहरुको अन्य कमिटीहरुले पनि अनुकरण गर्नु पर्न सुझाव व्यक्त गरेका छन् ।
त्यस्तै गाउँ कमिटीको बार्षिक कार्य योजनामा नै कृषकहरुलाई हौषला प्रदान गर्ने खालका कृषि कार्यक्रमहरु पर्याप्त मात्रामा गाउँ कमिटीले अघि सारेको गाउँ कमिटी अध्यक्ष अनिल सापकोटाले बताए । संंयोजक मैनालीले करिब १७ हजारको खर्चमा ३३ हजार बेर्ना उत्पादन गरिएपनि सबै किसानहरुमा पु¥याउन नसकेकोमा दुःख व्यक्त गरे भने आगामी दिनहरुमा यसलाई अझै परिष्कृत र व्यस्थीत ढंगले अभियान कै रुपमा अघि बडाईने प्रतिद्धता समेत व्यक्त गरेका छन् ।