सुरुङ्गा । 

 रोजगारीका लागि युवापुस्ता अब विदेशिनु पर्ने अवस्थाको अन्त्य भएको कनकाईका नगर प्रमुख राजेन्द्र कुमार पोख्रेलले बताएका छन्  ।  कनकाई ९ घैलाडुब्बामा कृषि तथा पशुपालनका क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाउँदै लैजाने उद्देश्यले पशुहरुको विमा कार्यक्रमको उद्घाटन गर्ने  क्रममा उनले सो कुरा बताएका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नगर प्रमुख पोख्रेलले आफूहरूले निर्वाचनका समयमा नै कनकाईमा विकास निर्माण, कृषि, शिक्षा, स्वास्थ्य विजुली, खानेपानी  जस्ता कामलाई प्राथमिकतामा राखेर नै अगाडी बढीरहेको बताए । नगर प्रमुख पोख्रेलले निर्वाचनका समयमा जनता समक्ष गरेका प्रतिवद्धता अधिकांश पूरा हुँदै गएको बताए । कृषि तथा पशुपालनका क्षेत्रलाई प्राथमिक्ताका साथ अघि बढाउँदै आएको  नगरपालिकाले पशु  विमा सुरु गरेको गरेको हो।

कनकाई नगरपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारी तथा अभियान नेपालको सहजीकरणमा संचालित साझेदारीमा कृषि तथा पशुपालन उद्यमशिलता विकास परियोजना अन्तर्गतको पशु विमा कार्यक्रम कनकाई ९ घैलाडुब्बाबाट सुरु गरेको हो  । नगर प्रमुख  पोख्रेलको रोहबरमा हिमालयन इन्सोरेन्स कम्पनी विर्तामोडका प्रतिनिधि र परियोजना अन्तर्गतका प्रतिनिधि विच कनकाई नगरपालिकामा गत १५ दिन अगाडी सम्झौता भए बमोजिम  विमा अभियान सुरु हिजोबाट  गरिएको नगर प्रमुख पोख्रेलले  जानकारी दिए ।

कृषि तथा पशुपालनलाई नै मुख्य व्यवसाय बनाउँदै आएका कनकाई नगर क्षेत्रका कृषकहरुलाई लक्षित गरी नगरपालिकाले हेफर प्रोजेक्ट नेपाल र अभियान नेपालसँगको साझेदारीमा पाँच करोडको कार्यक्रम संचालनमा ल्याई नगरका सबै वडाका कृषकलाई आफ्ना घरमा पालिएका पशुको विमा गरि सुरक्षित रहन सम्पूर्ण नगरवासिमा उनले आग्रह समेत गरे  । यस कार्यक्रमबाट वास्तविक कृषकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास लिएको नगर प्रमुख पोख्रेलको भनाई छ । पशुधनको विकास अनि संरक्षणका लागि यसअघि पनि कनकाई नगर क्षेत्रमा सप्ताह व्यापी पशुस्वास्थ्य शिविर संचालन भइसकेको  नगर उप–प्रमुख मन्जु प्रसाईंले जानकारी  दिइन् । 

यसैगरी पशु स्वास्थ्य विमाको कार्यक्रमलाई पनि अभियानका रुपमा अघि बढाइने लक्ष्य रहेको नगर प्रमुख पोख्रेलको भनाई छ । आफ्नै भूमिमा केही गर्न चाहने नगरवासीले अब विदेशिनु नपर्ने व्यवस्थाकालागि कनकाई नगरपालिकाले नगर समृद्धिका थप योजना अघि सारेको नगर प्रमुख पोख्रेलले  जानकारी दिए । 

कनकाईको पशु विमा कार्यक्रमकालागि संघीय सरकारबाट ८० प्रतिशत प्रिमियम अनुदानमा उपलव्ध हुने छ भने कनकाई नगरपालिकाबाट थप एक लाख रुपैंयाँ बराबरको प्रिमियम अनुदानमा व्यवस्थापन गरीएको परियोजनाका प्राविधिक संयोजक जीवन सुवेदीले जानकारी दिए । यस आधारमा एउटा पशु चौपायको एक लाख बराबरको बिमा गर्दा कृषकले ६ सय ५० रुपैंया मात्र बुझाउँनु पर्ने गरी व्यवस्था भएको प्राविधिक सुवेदीको भनाई छ।

यसैबिच  कनकाई वडा नं. ४ बाट आर्थिक विपन्नता हटाउने उद्देश्यले  नगरपालिकाले विभिन्न कृषकहरुका लागि च्याप्कटर र बाख्रा तथा पशु पालनका लागि विभिन्न सामग्री वितरण गरेको छ । कनकाई नगर भित्रका सबै वडाका फम तथा ठु–ठुला व्यवसाय गर्नेहरुलाई लक्षित गरि नगरपालिकाले वितरण गरेको सो सामग्री न्युन आय भएका परिवारलाई वितरण गर्दै जाने नगर प्रमुख पोख्रेले जानकारी दिए । कोरोना महामारीपछि धेरै नागरिक घरमै खेती किसानी गर्नेको संख्या बढेपछि व्यावसायीक पशुपालनलाई नगरपालिकाले जोड दिएको हो ।

नगरापलिकाले अति विपन्नलाई निशुल्क र मद्य्यम वर्गका मानिसहरुलाई भने च्याप्कटरमा २० प्रतिशत साझेदारीमा वितरण गरिएको वडा नं. ४ का अध्यक्षं गोबिन्द पौडेलले जानकारी दिए।

यसअगाडी  विभिन्न समयमा बंगुरका पाठा, च्याप्कटर, बाख्रा र बाख्राको दानाको लागि डुड वितरण  कृषिकहरुलाई बिउ, दबाई छित्ने ट्याङ्कीलगायतका सामाग्रीहरु  वितरण गरिएको नगरपालिकाले जनाएको छ ।