झापा ।
झापाको गौरीगञ्जमा गएराति भएको आगलागीबाट १५ लाख मूल्य बराबरको धनमालको क्षति भएको छ ।बिहीवार साँझ ६ बजेको समयमा भएको आगलागीबाट गौरीगञ्ज–१ भन्सार टोलस्थित कुन्जीवारीका नौलोसिंह थापाको ग्वाली र भान्सा जलेर नष्ट भएको छ ।
आगलागीबाट ४ वटा बाख्रा जलेर मरेका छन् भने २ विगाहको धान र बिद्युतीय साइकल २ वटा पूर्ण रुपमा जल्दा अन्दाजी १५ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
गौरादह र शिवसताक्षी नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यालय गौरीगञ्जको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो साँझ ७ः२२ बजे नियन्त्रणमा आएको जनाइएको छ ।