सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकामा वडा नम्बर ६ मा हुने उप–निर्वाचनका दिन नगरले स्थानीय बिदा दिएको छ । कनकाई नगरपालिका वडा नं ६ मा वडाध्यक्ष पदको लागि स्थानीय तह उप–निर्वाचन हुने भएकाले मंसीर १६ गते नगरपालिकाले बिदा दिएको हो ।
उप–निर्वाचन कार्यालयबाट कर्मचारी निर्वाचन व्यवस्थापन तथा अन्य कार्यमा खटिने भएकाले आइतबार अर्थात मंसीर १६ गते कनकाई नगरपालिका कार्यालय मातहतका कार्यालयहरु बन्द रहने सूचना जारी गर्दै जानकारी गराइएको हो ।
नगरका अधिकृत भोजराज आचार्यद्धारा जारी सार्वजनिक सूचनामा भनिएको छ ‘अत्यावश्यक सेवा बाहेकका कार्यालयहरुमा आईतवारका दिन स्थानीय विदा हुने भएकाले उक्त विदाबाट सेवाग्राहीमा पर्ने असुविधा प्रति क्षमाप्रार्थी छौं ।’