बिर्तामोड ।
सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कार्यालयको भवन शिलान्यास गरेको छ । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको संस्थाले बुधवार बिर्तामोड–४ स्थित मण्डाटोलमा कार्यालय भवनको शिलान्यास गरेको हो ।
संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत, सचिव इन्द्रबहादुर कार्की, कोषाध्यक्ष मेहरमान बिष्ट, बिभागीयण् प्रमुख मिनबहादुर अधिकारी, बिजय बस्नेत ९प्रेम० सहित संस्थाका सदस्यहरुले संयुक्त रुपमा कार्यालय भवनको शिलान्यास गरेका हुन् ।
संस्थाले बिगत ७ बर्षअघि ७३ लाखमा खरिद गरेको दुई कठ्ठा १६ धुर जग्गामा कार्यालय भवन बनाउने भएको छ । सुबिधायुक्त लिफ्टसहितको तीनतले भवन निर्माण हुने संस्थाका कार्यकारी प्रमुख बस्नेतले जानकारी दिए । उनका अनुसार भुईतलामा सुपरमार्केट रहने, दोस्रो तलमा अफिसियल कार्य हुने र तेस्रो तलामा मिटिङ हललगायत रहने छ । २०६७ सालमा स्थापना भएको संस्था हाल ७२ हजार शेयर सदस्य रहेको कार्यकारी प्रमुख बस्नेतले जानकारी दिए ।
भmापा, मोरङ, इलाम र पाँचथर जिल्लाका ४४ वटा मुख्य सेवा केन्द्रसहित ५२ वटा सेवा केन्द्रले सेवा प्रदान गरिरहेको अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । अध्यक्ष भट्टराईका अनुसार विपन्न सदस्यहरुलाई सेवा दिन ८ वटा लघुवित्त तथा समुहहरु पनि जोडिएका छन् । संस्थाले आफ्ना शेयर सदस्यहरुलाई दिगो सेवा र स्थायित्व दिने उदेश्यले कार्यालय भवन निर्माण गर्न लागेको कार्यकारी प्रमुख बस्नेतले बताए ।
करिव ६ करोडको लगानीमा भवन निर्माण हुने उनले जानकारी दिए । निर्माण हुने भवनको ६ करोडकै डिपिआर तयार भएको बताइएको छ । भवन निर्माणमा लागि संस्थाले समितिसमेत गठन गरेको छ ।
संस्थाको ब्यालेन्स सिट करिव ४ अर्व, लगानी तीन अर्व ७ करोड, ३९ करोड शेयरपुँजी, बिभिन्न कोष ३३ करोडवढी र निक्षेप २ अर्व ४७ करोड रहेको कार्यकारी प्रमुख बस्नेतले जानकारी दिए । सोही कार्यक्रमकाबिच संस्थाका अध्यक्ष सुवास भट्टराईको आज पर्न गएको जन्मोत्सववका अवसरमा केक काटेर शुुभकामनासमेत दिइएको थियो ।
प्रतिक्रिया 0