झापा । 

हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ । बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहेको छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ।

आजराति कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ। बिहानपख उपत्यका र खोँचहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका  केही स्थानमा तथा बाँकी तराई भूभागका थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।