• प्रकाश उप्रेती 

झापा ।

 रासायनिक मलको बैकल्पिक श्रोतको खोजी गर्दै आएका झापा मेचीनगर-१४ का डिल्लीराम खतिवडाले नयाँ प्राविधिबाट मल उत्पादन सुरु गरेका छन् । किसानले प्रयोग गर्ने  युरिया, डिएपी, पोटासलगायतका रासायनिक मलको बैकल्पिक प्रयोगका लागि ओर्जिनल वेष्ट डिकम्पोजर ( OWDC )मार्फत मल आर्ग्यानिक मल उत्पादन सुरु गरेका हुन् ।

आर्ग्यानिक मलको उत्पादनपछि आफैले कृषि उत्पादनमा प्रयोग गरेर बाली उत्पादन सफल भएको उदाहरणीय कामसमेत गरेको कृषक खतिवडाले बताए । ओर्जिनल वेष्ट डिकम्पोजरमार्फत उत्पादित मलको प्रयोगले माटो किट्ने वा उर्वरशक्ति ह्रास नहुने, कृषक आफै मेहनत गरे मल उत्पादन गर्न सक्ने र रासायनिक मलको प्रयोगभन्दा बढी कृषि उत्पादकत्व बढाउन सकिने बिषेशता रहेको खतिवडाको भनाई छ । 

ओर्जिनल वेष्ट डिकम्पोजर ( OWDC )को बिधिबाट उत्पादन गरेको मल चिन, भारत, पाकिस्तान, श्रीलंका लागायतका देशमा प्रयोग हुदै आएको र त्यहाँका कृषकले अपेक्षाअनुसारको कृषि उत्पादन गर्दै आएको कृषक खतिवडाले भने,ञयो बिधिबाट उत्पादन गरिएको मलसगै अन्नबालीमा किटानाशक हर्वल औषधीको रुपमा प्रयोग गर्दा लगाइएको अन्नबालीमा  किरा नलाग्ने, नकुहिने, भिटामिनको आवश्यक पर्दैन ।

‘आफूलाई खान भएपनि अर्गानीक उत्पादन गरौ’ र आत्मनिर्भर बनौं, भन्ने उद्देश्यले एक्लै अघि बढेपनि हाल सबैले यसको बिधि र प्रयोग गर्ने तरिकाको बारेमा बुझेर कृषि पेशामा आवद्ध कृषकले साथ दिंदै आएकोसमेत उनको भनाई छ । कृषकलाई लक्षित गरेर यो बिधिबाट उत्पादित मलको बिषयमा आफुले विभिन्न संघसंस्थासग समन्वय गरेर प्रशिक्षण दिदै आएको छु, उनले भने,झतर यति राम्रो कामलाई सरकारी तहबाट प्रोत्साहन नगरेकोप्रति गुनासो छ ।, 

नेपाल कृषि प्रदान देश हो । देशमा कृषकलाई प्रोत्साहन नगर्दा उत्पादकत्व घटेर कृषि उपज खरिदमा बर्सेनि करोडौं रकम छिमेकीमुलुकले भित्र्याउने गरेको छ । यस्तो गम्भीर बिषयमा सरकारले नै यो बिधिलाई पुष्ठि गरेर देशको उत्पादन देशमै प्रयोग गरेर लागु गरे सबैलाई फाइदा पुग्ने उनको भनाई छ ।

उनले अर्गानीक कृषी अभियान नेपालझझ नामक कृषि फेसबुक पेजबाट पनि कृषकको समस्या र सामाधानको उपायको बारेमा प्रशिक्षित गर्दै आएका छ्न् । कतिपय ठाँउमा यो बिधिबाट उत्पादित मलको प्रयोग गरेर उत्पादनमा वृद्धि भएपछि धेरै किसान सन्तुष्ट भएको उदाहरणसमेत पेश गरेको पाइन्छ । कृषकले पेज समस्या बताउने र पेजबाटै कृषिबालीमा देखिएका समस्याको निराकरण गर्ने प्रक्रिया र आवश्यक परे ( OWDC ) बिधिबाट आफुले उत्पादन गरेको मल बितरण गर्दै आएको उनको भनाई छ ।

कम्पोस्ट मलको युरिया, डिएपि, पोटासलगायतका रासायनिक मलको प्रयोगबिनानै कृषिबाली उत्पादन गर्न सकिने कृषक खतिवडाको भनाई छ ।