विर्तामोड ।
ताप्लेजुङ आठराई त्रिवेणी गाँउपालिका १ का २४ वर्षीय कमल श्रेष्ठको उपचारमा १ लाख ८४ हजार अपुग भएको छ । श्रेष्ठ बचाउ अभियानले उनको उपचारका लागि ४ लाख ५० हजार संकलन गरेको थियो । उक्त रकम अभाव भएपछि उनले पाएको पैत्रिक संम्पतीले झापामा किनेको १ कठा जग्गा पनि ३ लाखमा बिक्री गरेका थिए ।
उपचारमा ९ लाख ३४ हजार खर्च भएपछि चन्दा संकलन र जग्गा बेचेर जम्मा भएको ७ लाख ५० हजार ले पुगेन । उनी पुर्णरुपमा निको भएपनि आर्थिक रुपमा निको हुन सकेनन् । यतिबेला उनि मानसिक पिढामा अस्पतालको बेडमा छटपटाइरहेका छन् । बिएण्डसी अस्पतालमा टाउको र आँखामा लागेको गम्भिर प्रकृतीको चोटको उपचार गराईरहेका श्रेष्ठको चन्दा संकलन गरेर उपचार सुरु भएको थियो ।
अस्पताल र फार्मेसीमा उनिहरुसंग भएको रकम सबै बुझाइसेका छन् । अब १ लाख ८४ हजार बुझाए उनलाई अस्पतालको मेडिकल डिपार्ट र प्रशासनले डिस्चार्ज दिने छ । अस्पताललाई तिर्ने रकम नहुँदा उनि अस्पतालको बेडमा अनिद्रामा छन् । उनले अस्पतालका कार्यकारी प्रमुख दुर्गा प्रसाईँलाई भने ‘दुर्गा सर प्लिज मलाई बचाइदिनुहोस ।’
अति विपन्न परिवारका उनी म्याग्दीको एक हाइड्रोपावरमा काम गर्थे । गरिवीको पिडा खप्न नसकेर उनि काम खोज्दै गएको वर्ष मात्रै म्याग्दी पुगेका थिए । काम सकेर फर्कदै गर्दा पहिरो खसेको ढुँगाले लागेर उनको आँखा र टाउकोमा गम्भिर चोट लागेको थियो ।
श्रेष्ठका अनुसार हाइड्रोपावरले स्थानीय अस्पतालमा उपचार गरेको थियो । तर, उनको आँखा निको हुन सकेन । उनले उपचार गरेको अस्पतालले काठमाण्डौको बाँसबारी स्थित न्युरो अस्पतालमा रेफर गर्यो । उनलाई सो अस्पतालले करिव ११ लाख रुपैयाँ उपचारमा खर्च हुने तर, निको हुने ग्यारेन्टी नगर्दा उनको होस्हवास नै उडे जस्तो भयो । उनले भने, ‘जवानि मै गरिवीले कानो मात्र होइन मर्नु न बाच्नु बनायो ।’
बाँसबारी न्युरो अस्पतालले उनलाई भनेको कुरा उनले बडिबाको छोरा झापा शिवसताक्षीका अनिलकुमार श्रेष्ठलाई सुनाए । अनिलले घटनाको बारेमा पुर्ण जानकारी लिए । उपचारमा गरिवी नै मुख्य बाधक बनेपछि स्थानीय सामाजिक अगुवा फुर्वा तामाङ्ग, भाग्य सुब्बा, झमक गौतम र पत्रकार विनोद सापकोटालाई अनिलले कमलका बारेमा सुनाए ।
कमलले भने,‘दाई अनिलले झिलझिलेका सामाजिक अगुवालाई मेरो र मेरो परिवारको आर्थिक अवस्थाको बारेमा जानकारी गराएपछि उहाँहरु मलाई भेट्न अनिल दाईको घरमा आउनुभयो । म काठमाण्डौबाट एउटा आँखामा पट्टीबाँधेर झिलझिले आएको थिए ।’ उहाँहरु म बसेको ठाँउमा आएर मेरो अवस्थाको बारेमा जानकारी लिएपछि कमल श्रेष्ठको उपचारमा सहयोग समिति नै बनाएर चन्दा संकलन गर्ने निर्णय भएको उनले सुनाए ।
रकम संकलन सुरु भएपछि पत्रकार विनोद सापकोटाको पहलमा कमललाई झापाको विएण्डसी अस्पतालमा मंसीर १२ गते भर्ना गरेर उपचार सुरु गरिएको थियो कमलका दाजु अनिलले बताए । उनको उपचारमा डा करुणा ताम्राकारको नेतृत्वमा ३ सदस्यीय चिकित्सकको टोली संलग्न थियो । कमलको बिना अप्रेशन आँखाको उपचार सफल भयो ।
उपचारमा संलग्न न्यूरो डिपार्टका प्रमुख डा.करुणा ताम्राकारले बिएण्डसीले शुरू गरेको न्यूरो सम्बन्धी नयाँ पद्दतीको कारण बिना चिरफार कमलको आँखाको उपचार सफल भएको जानकारी दिइन् । डाक्टर करुणाका अनुसार ११ दिनको उपचार पश्चात कमल डिस्चार्जको तयारीमा छन् ।
अभियानका सदस्यले कमलको आर्थिक अवस्थालाई मध्यनजर गर्दै तिर्न रहेको बाँकी रकममा छुटको ब्यवस्था मिलाउन अस्पताल प्रशासन संग आग्रह गरेका छन् । अभियानलाई सुकुम्बासी, निर्माण मजदुर, शरणार्थी, उध्योगी व्यवसायी लगायतले सहयोग गरेका थिए ।
विएण्डसी अस्पतालमा न्युरो सम्बन्धी विना अपे्रशन उपचार गर्ने उपकरण पछिल्ला दिनमा भित्रिएका छन् । न्युरो र आँखा सम्बन्धी उपचार गर्ने अर्वो रुपैयाँका उपकरण उपत्यकाका केही अस्पतालमा भएपनि मोफसलमा विएण्डसी नै पहिलो भएको अस्पतालले दावि गरेको छ । उपकरण खरिद र दक्ष चिकित्कसकमा अस्पतालले गरेको लगानीको फाइदा मोफसलका सेवाग्राहिले लिन थालेको अस्पतालका जनसंम्पर्क अधिकारी प्रमिस गिरीले बताए । उनले भने,‘उपचारका लागि झापा बाहिर हुदै मुलुक बाहिर नै जानुपर्ने झण्झटबाट मुक्त गराउन अस्पतालले अत्याधुनिक उपकरण भित्र्याएको छ ।’