लक्ष्मीपुर ।
झापाको अर्जुनधारा नगरपालिका–५ स्थित पाण्डवपुर अवस्थित बागेश्वरी दुर्गा भगवती पाँच पाण्डव मन्दिरमा यहि मंसीर ९ देखि १७ गतेसम्म श्रीमद् भविष्य महापुराण एवं धान्याञ्चल नवाह महायज्ञको आयोजना हुने भएको छ । महायज्ञको तयारी तीव्र रुपमा अघि बढीरहेको भोलि बुधवार कलश यात्रासहित उद्घाटन गरिने आयोजकले तयारी गरेकोे छ ।
महाभारतकालीन पाण्डवपुर साथै मन्दिरको बृहत्तर विकासका लागि आर्थिक सहयोग जुटाउन महायज्ञको आयोजना गरिएको मन्दिर समितिका अध्यक्ष इन्द्रमणि पौडेलले जानकारी दिए । महायज्ञमा पण्डित आषुतोश खनाल प्रमुख कथा वाचक र पण्डित दिपक सुवेदी उपवाचक रहने नौं दिवसीय महापुराण सञ्चालन गरिन लागेको मन्दिरका अध्यक्ष पौडेललेको भनाई छ ।
महाभारतकालीन अर्जुनधारा जलेश्वरधाम र पाण्डवपुर हालसम्म पाण्डवपुर धार्मिक पर्यटकीय क्षेत्र बन्न नसकेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पौडेलले चिन्ता व्यक्त गरेका छन् । समितिको गुरु योजना अनुसार पाँच पाण्डव मन्दिरलाई ऐतिहासिक धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गराउने लक्ष्य रहेको छ ।
अर्जुनधारा जलेश्वरधामसँग सम्बन्धित भएतापनि पाँच पाण्डव तथा बागेश्वरी दुर्गा भगवती मन्दिरलाई धामले सहयोग नगरेको स्थानीयहरुको भनाई छ । यसअघि मन्दिरमा धार्मिक अनुष्ठान कार्यक्रमहरुमा आतिथ्यका लागि अर्जुनधाराधाम समितिलाई आमन्त्रण गर्दा पनि धामको तर्फबाट प्रतिनिधि समेत नपठाएको मन्दिरका सचिव देवराज बुढाथोकीले गुनासो छ ।
धामले सहयोग गरेको भए उक्त धार्मिक तथा पर्यटकीय स्थल हुने, मन्दिर विकासका निम्ति जलेश्वरधामसँग सहयोगको अपेक्षा उनले राखेका छन् । त्यस्तै झापा पृथ्वीनगरस्थित किच्चकबध (भीमसेनले किच्चकलाई मारेको ठाउँ) पर्यटकीय क्षेत्र बन्न सक्ने अनुमान लगाउँदै भने ‘तर पाँच पाण्डवहरु (कुन्ती र द्रौपदीसहित युधिष्ठर ,भीम , अर्जुन , नकुल , सहदेव) गुप्तबास बस्ने ठाउँ यस पाण्डवपुर आर्थिक स्रोत अभावकै कारण विकासमा पछि परेको छ ।’
अर्जुनधारा शिवालय मन्दिरमा ०४० सालदेखि महापुराण आयोजना गरिदै आएको छ । आन्तरिक र बाह्यबाट पुराण श्रवण गर्न र सतबीज छर्नका लागि अर्जुनधारा जलेश्वर धाममा हजारौं भक्तजन आउँने गरेका छन् । पण्डित गुरुजीहरुले प्रवचन गर्ने क्रममा अर्जुनले आफ्नो शक्तिशाली अस्त्र (बाण) हानेर पतालमुनीबाट पानी निकालि तिर्खाएको गाईहरुलाई खुवाएको सुनाउँदा त्यस्तै सन्दर्भमा पाण्डवपुरलाई पनि समेटेर महिमा कहिल्यै नसुनाएकोले यो क्षेत्र ओझेल परेको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया 0