शनिश्चरे ।
झापाको अर्जुनधारा नगरपालिका–८ स्थित शनिश्चरेमा रहेको फरवार्ड एजुकेशन फाउण्डेशन झापा प्रालिले साइप्रसमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गरी ‘मिट एण्ड ग्रीट’ कार्यक्रम गरेको छ ।
प्रालिले आइतबार अर्थात आज कार्यालयमा ‘मिट एण्ड ग्रीट कार्यक्रम’ अन्तरगत बिद्यार्थी र उनीहरुका अभिभावकहरुसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको हो ।
प्रालिका सञ्चालक इन्द्रप्रसाद गिरीको अध्यक्षतामा भएकोे कार्यक्रममा साइप्रसस्थित नेपोलिस युनिभर्सिटी पाफोसका कन्ट्री म्यानेजर सुमन अधिकारीको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै सहभागी बिद्यार्थी र अभिभावकहरुलाई सहजीकरणसमेत गरेका थिए ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई साइप्रसको शिक्षा प्रणाली, विश्वविद्यालय, भर्ना प्रक्रिया तथा अध्ययनपछिका अवसरहरु बारे विस्तृत रुपमा जानकारी गराइएको थियो ।
यसैगरी अधिकारीले विभिन्न विश्वविद्यालय तथा कोर्स सम्बन्धी जानकारी, भर्ना तथा भीसा प्रक्रिया सम्बन्धी परामर्श, ट्युसन फी, स्कोलरसीप तथा लिभिङ एक्सपानसेस, अध्धयनसँग सम्बन्धित अवसर तथा नियम बारे जानकारी साथै त्यहाँको वातावरण, रहजसहनका बिषयमा पनि जानकारी गराएका थिए ।
कार्यक्रममा ३० जनावढी विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत प्रालिका सञ्चालक गिरीले गरेकोे कार्यक्रमको सञ्चालन ट्युसन विभाग प्रमुख सन्दिप न्यौपानेले गरेका थिए ।
प्रतिक्रिया 0