• रन्जित परियार 

अर्जुनधारा ।

नेपाल शिक्षक संगठन अर्जुनधारा नगर समितिले आयोजना गरेको ‘शिक्षक आवाज’ डी. कौडिन्य विशेषाङ्क २०८३’ पुस्तक विमोचन कार्यक्रममा डी. कौडिन्य शिक्षक पुरस्कार अक्षयकोष स्थापना, आधारभूत तह (कक्षा १–५) नगरस्तरीय चित्रकला प्रतियोगिता, दीपावली ,छठपर्व, नेपाल सम्वतको सम्बन्धमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा सहिद देवकुमार आचार्य (डि. कौडिन्य) स्मृति विशेषाक्क शिक्षक आवाजको बिमोचन गरिएको थियो भने पुस्तकको समिक्षा भानु माध्यमिक बिद्यालयका शिक्षक देबीप्रसाद गौतम एवम् शिक्षक महासंघ अर्जुनधाराका पूर्व अध्यक्ष शनिश्चरे माबिका शिक्षक पुन्यप्रसाद सुवेदीले गरेका थिए । 

त्यसैगरी नगरका २८ सामुदायिक बिद्यालय मध्ये कक्षा १-५ का  विद्यार्थीहरु २४ बिद्यालयबाट सहभागी चित्रकला प्रतियोगिता कार्यक्रममा प्रथम जुनकीरी सार्वजनिक आधारभूत बिद्यालयका रोहन भण्डारी प्रथम, अरुणोदय आधारभूत बिद्यालयका दिपेस राई दोस्रो, बालकल्याण आधारभूत बिद्यालयका प्यारी तामाङ्ग तेस्रो र सान्त्वना सरस्वती आधारभूत बिद्यालयकि आरध्य बस्नेतले स्थान हासिल गरेका थिए । प्रतियोगितामा बिजेतालाई  क्रमश नगद रु. ३०००, २०००, १००० र सान्त्वना ५०० सहित प्रमाणपत्र प्रदान गरिएको थियो । 

यसैगरी सहिद देवकुमार आचार्य (डी. कौडिन्य) स्मृतिमा सहिद परिवार र संगठनले सकलन गरि प्रत्येक बर्ष नगर भित्रका उत्कृष्ट शिक्षक, कर्मचारी एवम् विद्यार्थीहरुलाइ सम्मान गर्न एक लाख बराबरको अक्षयकोष स्थापना गरिएको छ । 

 नेपाल शिक्षक संगठन अर्जुनधारा नगर समिति अध्यक्ष रुद्र खतिवडाको अध्यक्षतामा सञ्चालित कार्यक्रमको प्रमुख अतिथि प्रगतिशिल साहित्यकार एवम् गणेश आधारभूत बिद्यालय अर्जुनधाराका पुर्व प्रधानाध्यापक कालीबहादुर थापाको उपस्थितिमा सञ्चालन रहेको थियो । 

कार्यक्रमा विशिष्ट अतिथिको रूपमा नेपाल  शिक्षक संगठन केन्द्रीय समिति सचिवालय सदस्य कपिलदेव तिम्सिना, नेपाल शिक्षक कोशी प्रदेश उपमहासचिव कमलप्रसाद बास्कोटा, नेपाल शिक्षक संगठन जिल्ला समितिका अध्यक्ष रबिन मैनाली, नेपाल शिक्षक महासङ्घ नगर अध्यक्ष चन्द्र खत्री,  नेपाल शिक्षक महासंघका पूर्व अध्यक्ष पुण्य सुवेदी, राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष दीपक भण्डारी, नेपाल शिक्षक सङ्घका अध्यक्ष सुजता शिवाकोटी, शिक्षक महासंघका नगर सचिव टंकप्रसाद न्यौपानेले सहिद देवकुमार आचार्य बहुप्रतिभाका धनी उत्कृष्ट शिक्षक थिए । 

उनले देखाएको बाटोलाइ सबैले अनुशरण गर्नु पर्ने भन्दै सानो संख्यामा रहेको सगठ्न भए पनि गुणात्मक रुपमा ठुलो पुस्तक प्रकासन गरि ठुलो कार्य गरेकोमा शुभकामना व्यक्त गरेका  थिए।  ‘शिक्षक आवाज’ पुस्तक प्रकाशन सम्पादक मण्डलमा रुद्र खतिवडा, तिलचन अधिकारी, प्रकाश दाहाल, हिमाल पौडेल, गिता अधिकारी, सन्तोष आचार्य रहेका थिए ।

 त्यसै गरि चित्रकला प्रतियोगिताको निर्णायक मन्डलमा चित्रकार प्रशिक्षक युवराज रिजाल र शनिश्चरे मा बिका पुर्व शिक्षक सरोज काफ्ले रहेका थिए । भानु आधारभूत बिद्यालय खुदुनाबारीमा सञ्चालित कार्यक्रममा स्वागत भानु आधारभूत बिद्यालयका सहायक प्रधानाध्यापक एवम् सगठनका सदस्य हिमाल पौडेल र सहजीकरण गणेश आधारभूत बिद्यालयका शिक्षक एवम् सगठनका सदस्य प्रकाश दाहालले गरेका थिए ।