बिर्तामोड । 

झापाको बिर्तामोडस्थित तक्षशिला प्रोग्रेसिभ इङ्गलिश स्कूलले स्वीमिङ्ग पुलमा पहिलो अन्तर–विद्यालय स्वीमिङ्ग प्रतियोगिता– २०८३ सफलतापूर्वक सम्पन्न गरेको छ । खेलभावना, अनुशासन, आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धाको भावनालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा लिटिल फ्लावर्स इङ्गलिश स्कूल, चिल्ड्रेन इन्भायरोन्मेन्ट स्कूल, बेल्स मोडेल स्कूल, कनकाई आवासीय अङ्ग्रेजी माध्यमिक विद्यालय तथा तक्षशिला प्रोग्रेसिभ इङ्गलिश स्कूल गरी पाँच विद्यालयको सहभागिता रहेको थियो । सहभागीहरूले कक्षा ५–७ र कक्षा ८–१० गरी दुई वर्गमा फ्रीस्टाइल, ब्याकस्ट्रोक, ब्रेस्टस्ट्रोक र बटरफ्लाई गरी चार स्वीमिङ्ग विधामा प्रतिस्पर्धा गरेका थिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक लोकबहादुर दियाली विशेष अतिथिका रूपमा उपस्थित थिए । साथै, तक्षशिला प्रोग्रेसिभ इङ्गलिश स्कूलका एकेडेमिक डाइरेक्टर डा. भिक्टर इग्नेसियस जोसेफ तथा तक्षशिला किन्डर वल्र्डकी मोन्टेसरी डाइरेक्टर सुश्री सीमा जोसेफको सम्मानित उपस्थिति रहेको थियो ।

प्रतियोगिताको समग्र उपलब्धि पुरस्कार लिटिल फ्लावर्स इङ्गलिश स्कूल तथा तक्षशिला प्रोग्रेसिभ इङ्गलिश स्कूलले हासिल गरेको छ । विजेताहरूलाई अतिथिहरूद्वारा ट्रफी र पदक प्रदान गरिएको थियो भने सबै सहभागीलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यार्थीहरूसँग आएका प्रशिक्षकहरूलाई उनीहरूको मार्गदर्शन र सहयोगको कदर गर्दै प्रशंसापत्र प्रदान गरिएको थियो ।

तक्षशिला प्रोग्रेसिभ इङ्गलिश स्कूलले आफ्नो खेलकुद मञ्च अन्य विद्यालयका विद्यार्थीका लागि खुला गर्दै खेलकुद संस्कृतिको प्रवद्र्धन, अन्तर–विद्यालय सम्बन्ध सुदृढीकरण तथा विद्यार्थीहरूलाई कक्षा कोठा भन्दा बाहिर आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर सिर्जना गर्ने लक्ष्य राखेको जनाएको छ ।

तक्षशिला प्रोग्रेसिभ इङ्गलिश स्कूल प्रगतिशील शैक्षिक अभ्यास, आधुनिक पूर्वाधार र परम्परागत शिक्षाभन्दा पर विस्तारित अवसरमार्फत विद्यार्थीको सिकाइ अनुभवलाई नयाँ रूप दिन प्रतिबद्ध छ । विद्यालयले इन्टरनेसनल ब्याकलरिएट (IB) प्राइमरी इयर्स प्रोग्राम (क्यान्डिडेट स्कूलका रूपमा) र क्याम्ब्रिज अङ्ग्रेजी कार्यक्रमसँगको संलग्नता राखेको छ । विद्यालयमा एआई ल्याब, एरोबे स्टीम ल्याब तथा अन्तर्राष्ट्रिय आकारको स्वीमिङ्ग पुल रहेका छन्, जसले प्रविधि, नवप्रवर्तन, खेलकुद र शारीरिक तन्दुरुस्ती मार्फत विद्यार्थीको समग्र विकासमा योगदान पु¥याउँछन् । प्रतियोगिता गत १५ कार्तिकमा विद्यालयमै भएको बताइएको छ ।