लक्ष्मीपुर । 

बिद्यार्थीहरुलाई परम्पराहरुका बिषयमा जानकारी गराउने उदेश्यले झापाको कनकाई नगरपालिका–८ स्थित लक्ष्मीपुरमा रहेको श्री हिमाली माध्यमिक बिद्यालयमा देउसीभैलो तथा सांस्कृतिक कार्यक्रम गरिएको छ । 

नेपालीको सवै भन्दा ठूलो दोस्रो पर्व तिहारको अवसर पारेर शुक्रवार बिद्यालयमा देउसीभैलो तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।  बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लालबहादुर पालुङ्वा (एलबी) को अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । 

deusi bhailo

बिद्यालयका प्रधानाध्यापक ज्ञानबहादुर रायमाझीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षिका चित्रकला ओलीले गरेकी थिइन् । कार्यक्रममा कनकाई–८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, शिक्षाप्रेमी तथा समाजसेवी शेरबहादुर थापा, अक्षयकोष व्यवस्थापन समिति संयोजक दुर्गाप्रसाद पराजुली, सहारा नेपाल साकोसका बरिष्ठ उपाध्यक्ष नेत्रबहादुर नेपाल, शहिद पिता केदारशम्शेर गिरी, जग्गादाता गोपीकेशर कटुवाल, कनकाई जनप्रतिनिधि, तथा पूर्व जनप्रतिनिधिलगायतका आतिथ्य रहेको थियो । 

बिद्यार्थीहरुले शुभदीपावलीको अवसरमा देउसीभैलो साथै बिभिन्न सांस्कृतिक कार्यक्रम गरेका थिए । कार्यक्रममा अभिभावक, बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक, कर्मचारीलगायतको उल्लेखिय उपस्थिति रहेको थियो ।