झापा । 

राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको १२ औ राष्ट्रिय सम्मेलन तथा अधिवेशनबाट लक्ष्मीनाथ उप्रेतीको नेतृत्वमा १३ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । शनिवार काठमाडौंको नयाँ वानेश्वरमा सम्पन्न सम्मेलनबाट झापाका डा. रुपकप्रसाद खनाल उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । 

यसैगरी उपाध्यक्षमा भक्तपुरका हरिचन्द्र भट्टराई, डा.इडा शर्मा, रामेछापका घमान तामाङ महासचिव, ललीतपुरकी अनुराधा जोशी कोषाध्यक्षमा र उप–महासचिवमा प्रदीप श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।  त्यस्तै सदस्यहरुमा इन्दिरा चुडाल खरेल र टोपनाथ न्यौपाने (नवराज) काठमाडौं, राधाकृष्ण भण्डारी भक्तपुर, जितेन्द्र् बन्जाडे (राजु), उमाकन्ति खत्री (अर्चना) रुपन्देही र डा. कमलप्रसाद लिम्बु सुनसरीबाट सर्वसम्मत निर्वाचित भएका छन् । 

भवानिप्रसाद खरेलको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा वरिष्ठ अधिवक्ता–कानुन वाङ्मय शताब्दी पूरुष (१०२ वर्ष) का कृष्णप्रसाद भण्डारीको प्रमूख आतिथ्य रहेको थियो ।  साधारण सभामा शान्ति र मानव अधिकार राष्ट्रिय सम्मान २०८३ वाट वरिष्ठ महिला अधिकारकर्मी भारती गिरीलाई सम्मान गरिएको थियो । 

यसैगरी सम्मानित हुनेहरूमा झापाबाट मानव अधिकार सम्मान–२०८३ वाट डा.रूपकप्रसाद खनाललाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा अधिकारकर्मी योगेन्द्रमान विजुक्छे, नियोक (निर्वाचन पर्य–वेक्षण समिति–नेपालका अध्यक्ष प्रा..डा. गोपालकृष्ण शिवाकोटी, वरिष्ठ मानव अधिकारीवादी कपिल श्रेष्ठ, सम्मानित व्यक्ति भारती गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा निर्वाचन अधिकृत अधिवत्ता रनवहादुर थेवेले नयाँ तथा निर्वाचित कार्य समितिको नामावली सार्वजनिक गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव घमान तामाङले गरेका थिए ।