बिर्तामोेड ।
हुन्डाईको चर्चित कम्प्याक्ट एसयूभी अल न्यू भेन्यु बिर्तामोडबाट बिक्री वितरण सुरु भएको छ । आज (बुधवार) बिर्तामोडस्थित शोरुमा आयोजित एक समारोहकाबिच औपचारिक रुपमा हुन्डाईको चर्चित कम्प्याक्ट एसयूभी अल न्यू भेन्यु सार्वजनिक गरिएको हो ।
नयाँ कार सार्वजनिकसँगै बिर्तामोड तथा आसपासका ग्राहकहरूले हुन्डाईको यो नयाँ र आधुनिक कम्प्याक्ट एसयूभीको प्रत्यक्ष अनुभव तथा सुविवधा लिन सक्ने कम्पनीले विश्वास लिएको छ ।
हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टर कन्टिनेटल हो भने झापा बिर्तामोडको लागि आधिकारिक बिक्रेता अपार ग्रुप अन्तरगतको एलयान्स मोेटर्स प्रालि हो । कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाई, अपार ग्रुपका अध्यक्ष ओमकृष्ण विमली, हुन्डाई गाडीको लक्ष्मी इन्टर कन्टिनेटलका नेशनल सेल्स प्रमुख दिवाकर रेग्मी, डिलस सर्भिस म्यानेजर संजोग कामस्त, मार्केटिङ डिपार्टका सजेश ब्रजचार्यलगायतले संयुक्त रुपमा गाडी सार्वजनिक गरेका हुन् । कार्यक्रमको सहजीकरण बिर्तामोड सोरुमका प्रमुख याम विमलीले गरेका थिए ।
यस्ता छन् बिशेषताहरु :
अल न्यू भेन्यु आकर्षक र बोल्ड डिजाइनका साथै थप आरामदायी फिचर, अत्याधुनिक प्रविधि र उत्कृष्ट पर्फर्मेन्सको सम्मिश्रण पाउन सकिने बताइएको छ । यसको फराकिलो र बलियो डिजाइनलाई Twin Horn LED DRLS, Horizon LED Rear Combination Lamps, Dark Chrome Grille Signature C-Pillar Garnish ले अझ आकर्षक बनाएको छ । गाडीको क्याबिनमा 10.25–inch ccNC Infotainment System, Wireless Apple CarPlay र Android Auto, Digital Cluster तथा Powered Tilt-and-Slide Sunroof जस्ता अत्याधुनिक फिचरहरु समावेश छन् ।
Performance का लागि all-new VENUE मा Kappa 1.2 litre MPi Petrol र Kappa 1.0- litre Turbo GDi Petrol इन्जिनको विकल्प दिइएको छ । यसले दैनिक यात्राका लागि सहज Performance देखि अझ बढी Responsive Turbo Performance सम्मको विकल्प ग्राहकलाई प्रदान गर्छ । सुरक्षालाई विशेष ध्यान दिँदै all-new VENUE मा 6 Airbags, ABS with EBD, Electronic Stability Control (ESC), Vehicle Stability Management (VSM) र Hill–start Assist Control (HAC) जस्ता सुरक्षा सुविधाहरु उपलब्ध छन् ।
नेपाली बजारमा all-new VENUE अब मात्र ४८.९६ लाखको सुरुवाती मूल्यमा उपलब्ध छ । यो गाडी मुख्यतया तीनवटा भेरियन्टमा उपलब्ध छ । HX 2 (1,197cc Petrol), HX5+(1,197ccPetrol), HX 5 DCT (998cc Petrol), विभिन्न भेरियन्टका विकल्पहरूले ग्राहकलाई आफ्नो आवश्यकता र रुचि अनुसार गाडी छनोट गर्न सहज बनाउँछ । All-new VENUE अब बिर्तामोडस्थित हुन्डाई सोरुममा उपलब्ध भइसकेको छ । ग्राहकहरूले सोरुममै पुगेर यसको आकर्षक डिजाइन, आधुनिक प्रविधि, आरामदायी इन्टेरियर र उत्कृष्ट पर्फर्मेन्सलाई नजिकबाट अनुभव गर्नुका साथै थप जानकारी लिन सक्ने कम्पनीले जनाएको छ ।

















