झापा । 

आज तिहारको पहिलो दिन तिहार पर्व मनाइँदैछ । आजबाट यमपञ्चक सुरु भएको छ । तिहारको पहिलो दिनलाई काग तिहार भनिन्छ । तिहार पर्व कार्तिक कृष्णत्रयोदशी देखि सुरु भई कार्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन मनाइने गरिन्छ ।  । 

बिहान सूर्योदय कालमा त्रयोदशी भएकोले शास्त्रसम्मत रूपमा आइतबार काग तिहार पर्व मनाइन्छ । कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । काग करायो भनेँ केही सन्देश या पाहुना आउने जनाउका रूपमा नेपाली समाजमा चलन अझै पनि रहेको छ ।

वैदिक सनातन हिन्दु धर्म अनुसार कागलाई यमराजको सन्देश वाहकका रूपमा पूजा गरिन्छ ।  काकेन दधि भक्षितम् अर्थात कागलाई दही भात मीठो लाग्ने हुनाले दही भात खुवाएमा एमराज समक्ष राम्रो सन्देश लगिदिने जनविस्वास रहेको । आज कागलाई नदिईकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता रहेको छ । कागको पूजा गर्दा धार्मिक पक्ष मात्र हैन, जनवार र मानिसबिचको सम्बन्धलाई सम्झाउने, पक्षीप्रति कृतज्ञता र प्रकृतिप्रति सम्मान र सहअस्तित्वको पनि रक्षा हुने विश्वास छ ।