बिर्तामोड।

वीरता जेसीजले यसपालीको तिहारलाई लक्षित गरेर  नयाँ गीत सार्वजनिक गरेको छ । वीरता जेसीजको प्रस्तुतिमा  ‘सयपत्री मखमली फूलेछ’ बोलको तिहार गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।  चर्चित गीतकार दिनेशराज शर्माको शब्द , चर्चित संगीतकार बिकाश चौधरीको  संगीत र राष्ट्रिय गायिका जुनु प्रसाई र गायक अभिजित अधिकारीको स्वर रहेको  ‘सयपत्री मखमली फूलेछ ’ बोलको तिहार गीत ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

 ‘सयपत्री मखमली फूलेछ ’ बोलको तिहार गीतको म्युजिक भिडियोमा लोकचन्द्र श्रेष्ठ, जुनु प्रसाई, अभिजित अधिकारी, अभिषेक धमला, प्रताप सुनुवार, बिजय लिम्बू, पूजा,सपना, करूणाको अभिनय रहेको छ।

त्यस्तै  म्युजिक भिडियोमा वीरता जेसीजका पूर्व अध्यक्ष जेसी शेखर ढकाल ,जेसी सजेश शिवाकोटी, जेसी आइ सिनेटर विशाल थापा, जेसीआइ सिनेटर घनश्याम चौधरी, पूर्व कार्यकारिणी उपाध्यक्ष जेसी जीवन खड्का, अध्यक्ष जेसी लोकचन्द्र श्रेष्ठ, कार्यकारिणी उपाध्यक्षहरू जेसी प्रज्जवल बिमली, जेसी पुकार बराल, उपाध्यक्ष जेसी नवराज अधिकारी, कानुनी सल्लाहकार जेसी प्रभात मास्के, कोषाध्यक्ष जेसी अमरजीत शाह, महासचिव जेसी सुवास तीखत्री, जनसम्पर्क अधिकारी जेसी अजय चौधरी, तालिम आयुक्त जेसी विज्ञानराज पौडेल, प्रकरण निर्देशक जेसी अजय अधिकारी,सदस्यहरू जेसी सुमन पोद्दार, जेसी राजेश पोद्दार,जेसी  गणेश दास, जेसी सुशील थापा ,जेसी प्रवास थापा मगर, जेसी तुलसीप्रसाद निरौला, लगायतको अभिनय रहेको छ । 

 त्यस्तै अबाकस बोर्डिङ स्कूलका विद्यार्थी, शिक्षिकाहरूको समेत सहभागिता रहेको छ। दिनेशराज शर्माको निर्देशन रहेको म्यूजिक भिडियोको कोरियोग्राफर हेम राजवंशी, नृत्य निर्देशक प्रताप सुनुवार र छायाङ्कन सुवास लिम्बू÷रोहित लामगादे रहेका छन्।म्युजिक भिडियोमा अभिभावकको रूपमा संविधान सभा सदस्य सुधिर कुमार शिवाकोटी, शान्ता शिवाकोटी,लुना वस्नेत शिवाकोटी, हिमाद्री शिवाकोटी, आशा ओली ढकाल, मनकुमारी श्रेष्ठ लगायत रहेका छन् । 

 गीतकार शर्माले ग्रामिण क्षेत्रको तिहारको परिवेशलाई शब्दमा जस्ताको त्यस्तै उतारेर गीत तयार गरिएको बताए।तिहारको गीतको म्युजिक भिडियोको निर्माता वीरता जेसीजका अध्यक्ष लोकचन्द्र श्रेष्ठले तिहारको अवसरमा वीरता जेसीजले पहिलोपटक तिहारको गीतको म्युजिक भिडियो निकालेको बताउँदै एक पटक   ‘सयपत्री मखमली फूलेछ’ बोलको तिहार गीतको म्युजिक भिडियो हेर्न सबैलाई आग्रह गरे। 

गीतको म्युजिक भिडियो हेर्न यो लिंक खोल्नु होला।