बिर्तामोड ।
भारतको सिक्किममा अन्तर्राष्ट्रिय ‘सिक्किम आइडलࡆ’ सिजन ३ को तयारी गरिएको छ । सफलता पूर्वक पहिलो र दोस्रो सिजन सिक्किम राज्यका नेपालीहरुको लागि मात्र आयोजना गरिएको थियो भने तेस्रो सिजन अन्तर्राष्ट्रियस्तरको गरिन लागेको शुक्रवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको होे ।
आइडलका लागि अनलाइन अडिसन सुरु गरिएको छ । नयाँ प्रतिभाको खोजी गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएकोे हो । फिजिकल अडिसन भारतको देरदुन, नेपालको काठमाडौं र बिर्तामोडमा नोभेम्बर ३० तारिख, भारतको गुहाटी, सिलगुडी, दार्जेलिङ र कालिमपोङमा डिसेम्बर ३ तारिख र सिक्किमको सवै जिल्लाहरुमा डिसेम्बर ६, ७ र ८ तारिख गरिने आयोजकका चिफ प्रोग्राम अप्रेटिङ अफिसर मनोज राईले जानकारी दिए ।

प्रतियोगितामा १५ बर्षदेखि माथिका सवै उमेर समुहका बिभिन्न देशमा रहेका नेपाली भाषी प्रतियोेगीहरुले सहभागीता जनाउन पाउने बताइएको छ । नेपाली जुनसुकै गीतमा पनि राम्रो भिडियो र अडियोका साथ गीत बनाएर +९१६२९६५२९८१३ र +९१९४७५३७१००२ मा पठाउन सकिने मनोज राईले बताए । उनका अनुसार भिडियो २ मिनेट भन्दा लामो पठाउन पाइनेछैन र भिडियो पठाउँदा नाम र ठेगाना स्पष्ट हुनुपर्नेछ ।
प्रतियोगितामा प्रथम हुने बिजेताले नगद १० लाख, दोस्रो हुनेले नगद ५ लाख र तेस्रो हुनेले नगद ३ लाख साथै प्रमाणपत्र तथा बिभिन्न गिफ्ट हेम्परहरु प्राप्त गर्ने संरक्षक संजय दिल्पाली राईले बताए ।
पत्रकार सम्मेलनमा सिक्किम आइडल इन्टरनेशनल प्रोग्राम इन्चार्ज दिवस राई, क्रियटिभ हेड प्रनिस पाख्रिनलगायतको उपपिस्थति रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण सञ्चारकर्मी सुनिता तामाङले गरेकी थिइन् ।
प्रतिक्रिया 0