झापा ।

 झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत सभा अहिले धमाधम भइरहेको छ ।  

जस अन्तरगत संस्थाको पाँचौ ईकाइगत साधारणसभा आज (बिहिबार) भद्रपुर स्थित किराँत भवनमा सम्पन्न गरेको हो । भद्रपुर नगरको उप प्रमुख राधा कार्कीको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतमा सभा भएको हो ।

आइतबारदेखि इकाइगत सभा शुरु भएको संस्थाको सोमबार मोरङको पथरी शनिश्चरेमा दोस्रो, मङ्लबार दमकमा तेस्रो, सुरुङ्गामा चौंथो र आज भद्रपुरमा पाँचौ इकाइगत साधारणसभा गरेको हो । 

साधारण सभामा संस्थाका अध्यक्ष सुवास भट्टराईले ३ अर्ब ३ करोड ५० लाख ७६ हजार ५ सय ८३ रुपैया ४ पैसा बराबरको बासलात तथा बाह्य ऋण संस्थाले घटाउंदै लगेको बार्षिक प्रतिवेदन प्रस्तुतीका क्रममा बताए ।  

कार्यक्रममा उत्कृष्ट कारोबार गर्दै संस्थागत प्रतिफलमा विशेष योगदान पुर्याउने तीन जना शेयर सदस्यहरु शेभा घिमिरे, देबीकुमारी दाहाल, चन्द्रमाया उप्रेतीलाई जनही ५ हजार रुपैयाँसहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।उनीहरुलाई प्रमुख अतिथि कार्की, संस्थाको कार्यकारी प्रमुख कमलबहादुर बस्नेत, अध्यक्ष सुवास भट्टराईले सम्मानपत्रद्धारा सम्मान गरेका हुन् । 

कार्यक्रममा संस्थाले गरेको काम  नीति तथा भावि योजना बारे  कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले प्रकाश पारेका थिए । कार्यक्रममा भद्रपुर ५ का वडासदस्य जेष्ठ महल ठाकुरले शुभकामना ब्यक्त गरेका थिए । बिर्तामोडमा मुख्य कार्यालय रहेर झापा, इलाम, पाँचथर र मोरङ जिल्लाका ४६ वटा सेवा केन्द्र मार्फत सिम्रिकले सेवा दिइरहेको छ । कार्यक्रमको सञ्चालन कर्जा बिभाग प्रमुख बिजय बस्नेतले गरेका थिए ।