बिर्तामोड ।
झापाको बिर्तामोड–४ मा रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाले सदस्य शिक्षा तथा तालिममा सहभागीलिाई प्रमाणपत्र वितरण गरेको छ ।
शुक्रवार संस्थाकोे कार्यालयमा आयोजित संक्षित कार्यक्रमकाबिच एक ५० दिने एड्भान्स डिप्लोमा ब्यूटिसियन तालिम लिने संस्थाका सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको हो ।
संस्थाका अध्यक्ष किशोर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा १५० दिन तालिममा सहभागी भएका १० जना वढीलाई प्रमाणपत्र वितरण गरिएको छ । संस्थाले बिर्तामोडको इन्टरनेशनल ब्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरको सहकार्यमा संस्थाका महिला शेयर सदस्य तथा एकाघर परिवारका सदस्यलाई संस्थाको बार्षिक कार्यक्रmम सदस्य शिक्षा तालिम प्रदान गरेको थियो ।
स्वागत संस्थाका सञ्चालक समिति सदस्य तथा शिक्षा उप–समिति संयोजक पुष्पराज भट्टराईको गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेल पारेका थिए ।
कार्यक्रमकोे सञ्चालन संस्थाका व्यवस्थापक मोहनप्रसाद पनेरुले गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष युवराज काफ्ले, सचिव डा. गौरीशंकर झा, इन्टरनेशनल ब्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरकी सञ्चालिका सुमित्रा खरेल पनेरुलगायतको आतिथ्य रहेको थियो ।
प्रतिक्रिया 0