झापा । 

झापाको बिर्तामोड नगरपालिका–२ रामचौकस्थित बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुुँदा एक व्यक्तिको जलेर मृत्यु भएको छ । बिहीवार बिहान ४ः१० बजेको समयमा बिर्तामोड–२ रहेको ध्रुब भट्टराईको जग्गामा टिनको छानो भएको घरमा बिर्तामोड-४  का रबि राजबंशीले सञ्चालन गरेको बडी ग्यारेज (ठुला सवारी साधन मर्मत केन्द्र) को क्यान्टिनमा विधुत सर्ट भई आगलागी  भएको हो । 

 प्रहरी, दमकल, स्थानियबासीको सहयोगमा ४ः३० बजे आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । थप अनुसंधानको क्रममा उक्त ग्यारेज भित्र सञ्चालन भएको क्यान्टिनमा काम गर्ने गौरीगञ्ज नगरपालिका–२  का ६५ बर्षीय रुद्रबहादुर तामाङ जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

आगलागीबाट क्यान्टिन भित्र रहेको भाडा बर्तन, लताकपडा, ३ थान खसी बाख्रा, नगद एक लाखसमेत जली पूर्ण रुपमा जलेर अन्दाजी तीन लाख र बडी ग्यारेजमै टासिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल टाइल्सको गोदाममा समेत सामान्य आगलागी हुँदा  दमलकबाट आगो निभाउने क्रममा गोदाम भित्र रहेको अन्दाजी २०/२५ बोरा सिमेन्ट भिजेर अन्दाजी २५ हजारको क्षति भएको, अन्य क्षति बिवरण बुझ्ने कर्य भइरहेको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ ।